‘राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेका छन्’ « Khabarhub

‘राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेका छन्’


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालमा प्रमुख राजनीतिक दलको रोडम्यापमा आस्था राखेर नेपाली जनले देखाएको विश्वास धोकामा परिणत भएको जनाएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतले जनजीवीका, राष्ट्रियता, देशको सीमा, सार्वभौमसत्तालाई सत्ताधारी दलहरुले एक खोलौना बनाइदिएको जनाएका छन् ।

देश केही भ्रष्ट नेता, उनका आफन्तहरुका लागि हाँस्ने, रमाउने, सुखभोग गर्ने स्वर्णभूमि भएको भन्दै उनले कसैले मारिइँदा, लुटिइँदासमेत न्याय पाउन नसकेको उल्लेख गरेका छन् । समाजका कुनै पनि तह र तप्काले राज्यबाट सुरक्षाको अनुभूति महशुस गर्न नसकेको उनको आरोप छ ।

राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली जनताको सरलताको फाइदा उठाएर, नेपाली जनतालाई नै बलिवेदीमा चढाएर दलहरुले विदेशीको इशारामा धर्म बेच्ने, पहिचान बेच्ने, राष्ट्रिय एकताको प्रतीक नामेट पार्ने जुन कर्म गरे त्यो सर्वथा कुकर्म थियो भन्ने आज प्रमाणित भइसकेको उनको दाबी छ ।

आजको दिनमा सम्पूर्ण नेपाली जनताले राज्यले दिने सुरक्षा, न्यायमा विश्वास गर्न सकेका छैनन् । र गर्न सकिने अवस्था नभएकोले जनता सचेत हुनुपर्ने बेला आएको उनको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ–अब मुलुकले यो राक्षसराजबाट मुक्ति चाहेको छ । देशले अभिभावक खोजेको छ । जनताले रामराज्य चाहेका छन् । त्यो राजसंस्थाको स्थापनाबाहेक अन्य विकल्पबाट पूरा हुन सक्दैन । धर्मनीतिका आधारमा राजनीति चल्नु पर्छ, राजा र जनता भनेकै सहि अर्थमा राष्ट्र हो भन्ने मूलसूत्रलाई नबिर्सि हामीले अझै सशक्त भएर यो देशको रक्षाका लागि एकताबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : ५२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी