देउवाले भने- अरु पार्टीलाई सिद्धयाउन कांग्रेस-एमाले मिलेका होइनन् « Khabarhub

देउवाले भने- अरु पार्टीलाई सिद्धयाउन कांग्रेस-एमाले मिलेका होइनन्

भोलिको कांग्रेस नेतृत्वलाई पार्टीको चिन्ता गर्न सुझाव


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५ औँ महाधिवेशनबाट आउने नेतृत्वलाई पार्टीको चिन्ता गर्न सुझाव दिएका छन् ।

कांग्रेसको स्थानीय तह समन्वय विभागले बिहीबार सानेपामा आयोजना गरेको एक समारोहमा उनले अब आउने नेतृत्व सामु चुनौतीसँगै अवसरहरू रहेको पनि बताए ।

‘भोलि आउने नेताले, सभापति हुने नेताले पार्टीको चिन्ता गर्नु, मैले पनि चिन्ता गरेको छु,’ सभापति देउवाले भने, ‘भोलिका दिन चुनौतीसँगै अवसर छन् । चुनौतीलाई च्यालेन्ज गर्ने हो, काम गर्नू । पार्टी बलियो बन्नुपर्छ ।’

सभापति देउवाले पूर्ववर्ती सत्तागठबन्धनका कारण कांग्रेसका नेता–कार्यकर्ताहरूमा देखिएको चिन्ताका कारण असार १७ मा एमालेसँग सहकार्य गरेको पनि बताए ।

‘एमाले–माओवादी एक ठाउँ हुँदा पार्टीका साथीहरू चिन्तित थिए,’ देउवाले भने, ‘यी सबै कुरालाई हेरेर एमालेसँग सहकार्य भएको हो । दुई वर्ष सरकार ओलीले चलाएपछि कांग्रेसलाई छोडिदिनु हुन्छ ।’

सभापति देउवाले अन्य पार्टीलाई सिध्याउने कांग्रेसको कुनै उद्देश्य नभएको पनि जिकिर गरे । ‘दुई पार्टी मिलेपछि अरू सिधिन्छन् भन्छन् । हाम्रो उद्देश्य यस्तो होइन,’ उनले भने, ‘एमालेको पनि यस्तो सोच देख्दिँन ।’

देउवाले गत निर्वाचनमा पार्टीका तर्फबाट विजयी भएर उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखहरूको सम्मानका लागि आयोजित समारोहमा जनप्रतिनिधिलाई राम्रो काम गर्न निर्देशन दिए ।

‘यस्ता कार्याक्रमले एकजुट बनाउन सहयोग गर्छ,’ उनले भने, ‘स्थानीय तह, जिल्ला तथा प्रदेश सबैसँग सल्लाह गरेर पार्टी अघि बढ्छ राम्रो काम गर्नू ।’

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ३४ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट