निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने छ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने छ : मुख्यमन्त्री कार्की


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताएका छन्  ।

नेपाल उद्योग व्यापार महासङ्घ कोशीद्वारा आज मोरङको कटहरीस्थित  कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्‌घाटन गर्दै उनले  सरकारको आवधिक योजनाको मुख्य उद्देश्य, नीति तथा कार्यक्रम र बजेटमा कृषि  क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ संकल्पित रहेको जानकारी दिए।

उनले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान गराउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने गरी राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा विशेष ध्यान दिनु आजको आवश्यकता रहेको चर्चा गरे । 

उनले प्रदेशको विसं २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षीय योजनामा कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको सहकार्यमा विसं २०८१ मै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै यसमा प्रदेश सरकारले राखेका एक सय वटा कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र जलस्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास राखे ।

उनले निजी क्षेत्रको सहकार्यमा कृषि थोक बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट कृषिको बजारीकरण, कृषकलाई उत्पादनमा सहयोग पुग्ने विश्वास राखे ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको विविधिकरण गरी बजार विस्तार गर्नुपर्नेमा जोड दिए । उनले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि, आत्मनिर्भर गर्न विसं २०८१–९१ कृषि लगानी दशक घोषणा गरेको जानकारी दिए। उनले उक्त कार्यले कृषि क्षेत्रमा निजी क्षेत्रको सहभागिता कायम भइ कृषिमा व्यवसायीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले कृषि थोक बजार केन्द्रलाई प्रदेश र स्थानीय तहले संयुक्त रुपमा सञ्चालन गरी कृषि प्रवर्द्धनमा सहयोग पु(याउनु पर्नेमा जोड दिए। महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्वीस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा निजी क्षेत्रलाई आकर्षित गरी निर्यात गर्न सकिने धारणा राखेका थिए ।

चार दिनेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा एक सय ३० वटा स्टल छन् । स्टलमा कोशी प्रदेश, भारतको विहार र बङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपन्छी, पर्यावरणमैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल, नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुति, कृषि पन्छी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेका छन् ।

कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु(याउन एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ३१ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार सन्

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु – जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना

काठमाडौं – आश्विन शुक्ल पञ्चमी आज दसैँ घर वा पूजा

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार