कोलम्बो ‘आर्ट एक्स्पो’ मा सुमनका मिथिला चित्रकला प्रदर्शित « Khabarhub

कोलम्बो ‘आर्ट एक्स्पो’ मा सुमनका मिथिला चित्रकला प्रदर्शित


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चित्रकार एससी सुमन श्रीलंकामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी भएका छन् । 

अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी भएका सुमनले मिथिला चित्रकला प्रदर्शन गरेका छन् । उनको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगत्को भाव समेटिएको छ ।  

एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताए । एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उनले बताए । 

‘सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ”, उनले भने, “यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापिकरण गर्नु र मित्रताको सन्देश दिनु हो ।’

 एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिए। चार दशकदेखि मिथिला कलामा सक्रिय उनले बेलायत, चीन, श्रीलंकामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसकेका छन् । नेदरल्याण्डस्, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गरेका छन्  । 

‘एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलंकाको कला संकायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका विधामा कला प्रदर्शन गरिएका छन् ।

 सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ५२ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा