हिरासतमा रहेका पाकिस्तानी सांसदलाई संसद्मा उपस्थित हुन अनुमति « Khabarhub

हिरासतमा रहेका पाकिस्तानी सांसदलाई संसद्मा उपस्थित हुन अनुमति


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा प्रदर्शन गरेपछि नयाँ विरोध कानुनअन्तर्गत हिरासतमा लिइएका धेरै पाकिस्तानी सांसदलाई बिहीबार संसद्मा उपस्थित हुन अनुमति दिइएको छ । 

यसै साता १० सांसदलाई पक्राउ गरिएको थियो । तीमध्ये केहीलाई राजधानी इस्लामावादमा नेशनल एसेम्बलीमा उनी हरूको कार्यालयबाट पक्राउ गरिएको थियो । उनीहरूमथि मंगलबार एक साता पुरानो विरोध कानून र आतंकवाद विरोधी ऐनअन्तर्गत आरोप लगाइएको थियो । 

उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाइएको थियो तर सभामुखले हिरासतमा फर्कनुअघि उनीहरूलाई संसद् अधिवेशनमा उपस्थित हुन अनुमति दिइनुपर्ने आदेश दिएपछि बिहीबार धेरै सांसद संसद्मा उपस्थित भए । 

पूर्वप्रधानमन्त्री खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामावादमा भेला भएको एक जुलुसलाई तितरबितर पार्न असफल भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुपरेको थियो । 

अधिकारीहरूले जुलुसका लागि अनुमति दिएका थिए तर जुलुसलाई निर्धारित समयमा समाप्त गर्न आदेश दिएका थिए । साथै उनीहरूले खानको पिटीआई पार्टीका समर्थकहरूले सम्झौताका शर्तहरूको उल्लङ्घन गरे कानूनी कारवाही गरिने चेतावनी दिएका थिए । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ५९ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम