ओरियण्टल होटल्स लिमिटेडले ५ प्रतिशत बोनस दिने  « Khabarhub

ओरियण्टल होटल्स लिमिटेडले ५ प्रतिशत बोनस दिने 


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओरियण्टल होटल्स लिमिटेडले बोनस दिने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ६४ लाख ४ हजार ५२२ रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको छ ।

उक्त शेयरको कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२६३१६ प्रतिशत अर्थात् २९ लाख ६८ हजार ६५९ रुपैयाँ नगद बोनस दिने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ रुपैयाँ रहेको छ । कम्पनीले उक्त बोनस असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने छ ।

कम्पनीले बोनस दिनको लागि असोज ७ गते बुक क्लोको मिति समेत तोको छ । सो दिन भन्दा अगाडिसम्म कायम शेयर धनीले उक्त बोनस पाउने कम्पनीका प्रबन्ध सञ्चालक अनिलदास श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ११ : ५३ बजे

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

बेइजिङ- विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको