केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत « Khabarhub

केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत दिएको हो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको छ ।

 न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो र सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो ।  केजरीवालले सर्वोच्च अदालतमा दुईवटा याचिका दायर गरेका थिए । यसमा एउटा निवेदन जमानत नदिनेविरुद्ध थियो । यस मामिलामा सीबीआईको गिरफ्तारी विरुद्ध दोस्रो याचिका दायर गरिएको थियो । 

सीबीआईले केजरीवाललाई ईडीको हिरासतमा रहेको बेला पक्राउ गरेको थियो । केजरीवाललाई ईडी टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो । जुलाई १२ मा, केजरीवालले ईडी मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएका थिए ।

तर यो जमानत पाउनुअघि नै सीबीआईले केजरीवाललाई जुन महिनामा पक्राउ गरेको थियो । यही कारण केजरीवाल जेलबाट बाहिर आउन सकेनन् । लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा अरविन्द केजरीवाललाई चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्मका लागि अन्तरिम जमानत दिएको थियो ।

हालै दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि यस मामिलामा जमानत दिइएको थियो । सिसोदिया १७ महिनापछि जेलबाट बाहिर आउन सफल भएका थिए । यसअघि सञ्जय सिंह धरौटीमा छुटेका थिए ।

आम आदमी पार्टीले भाजपाले केन्द्रीय एजेन्सीहरू प्रयोग गरेर विपक्षी नेताहरूलाई झूटा आरोपमा फसाएको आरोप लगाउँदै आएको छ । भाजपाले कानुनको नजरमा सबै समान रहेको भन्दै यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १२ : १९ बजे

हामी भित्रैका छायाँहरू देशका दुस्मन !

‘देशको दुस्मन’ सधैँ सीमापारिबाट मात्रै आउँदैन । कहिलेकाहीँ, राष्ट्रका सबैभन्दा

सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री घिसिङको निर्देशन

काठमाडौं – भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति

आविष्कार केन्द्रको कोदो झार्ने मेसिनको प्रचार गर्दै शिक्षामन्त्री पुन !

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सिंहदरबारमा बसेर राष्ट्रिय आविष्कार केन्द्रले

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आज पार्टी घोषणा

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका

चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

चितवन– चितवनमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको