यसकारण झर्छ कपाल, यी हुन् रोकथामका उपाय | Khabarhub Khabarhub

यसकारण झर्छ कपाल, यी हुन् रोकथामका उपाय


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शीर अर्थात् टाउकोको रौँलाई कपाल (केश) भनिन्छ । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले चिन्तित रहने  गर्छन् ।

हुनतः कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो तर, अस्वाभाविक रूपले कपाल झर्छ भने त्यो चिन्ताको विषय हो ।

कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । तर एकाएक कपाल झर्ने समस्या के कारणले हुन्छ त्यो भने जानिराख्नु पर्छ । कपाल झर्नेको थुप्रै कारण मध्ये मुख्य १० कारण यस्ता छन् :

१. रोग तथा तनाव

शल्यक्रिया भएपछि, दुर्घटना वा गम्भीर बिरामी परेपछि मानिसको कपाल झर्न थाल्दछ । साथै यदि मानिस अत्यधिक तनावमा छ भने उसको कपाल झर्ने क्रम तीव्र हुन्छ । तर तनावका कारण झर्न थालेको कपाल कालन्तरसम्म झर्ने गर्दछ ।

२. गर्भ रहेको बेला
कतिपय महिलामा गर्भधारणको समयमा पनि कपाल झर्ने गर्दछ । यो अवस्थामा कपाल झर्नु सामान्य हो । तथापि यस्तो अवस्थामा कपाल झरे पनि पछि कपाल पुनः पलाउन थाल्दछ ।

३. औषधि वा भिटामिन सेवन
यदि कोही मानिस अत्यधिक मात्रामा औषधि वा भिटामिनको सेवन गर्छ भने उसको समेत कपाल झर्ने गर्दछ । यस्तोमा भिटामिनको प्रयोग कम गरेसंगै कपाल झर्ने क्रम रोकिन्छ ।

४. कम प्रोटिन
यदि शरीरमा आवश्यकता अनुसारको प्रोटिन पुगेन भने पनि कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको २/३ महिनाबाटै कपाल झर्ने समस्या शुरु हुन्छ । तर शरीरमा प्रोटिनको मात्रा पुग्यो भने कपाल झर्ने क्रम रोकिन्छ ।

५. हर्मोन
आजकल धेरै मानिसमा कपाल झर्ने समस्या हर्माेनका कारणले हुने गर्दछ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेल्ने गर्दछ । यसरी झर्ने कपाललाई पुनः पलाओस् भन्न मल्हम वा कपाल रोपेर पनि पहिले झैँ बनाउन सकिन्छ । कतिपयमा भने यसले सुधार नगर्न सक्छ ।

६. वंशाणुगत
कतिपय पुरुषमा तालु खुईलने समस्या सामान्य झैँ भएको छ । निश्चित उमेर पुगेपछि कपाल झर्नु वंशाणुगत कारणले हुने गर्दछ । परिवारमा बुवाआमा वा अन्य कोहीको कपाल झर्ने समस्या छ भने त्यो समस्या परिवारका सदस्यलाई हुनसक्छ ।

७. मानसिक तनाव
कतिपय मानिसमा हुने मानसिक तनावका कारणले पनि कपाल झर्ने समस्या हुनसक्छ । मानसिक रूपमा हुने तनावले मानिसलाई हर समय चिन्तामा राख्ने भएकाले सकेसम्म यसको निदान गर्नु पहिलो उपचार हुन्छ ।

८. आइरनको कमी
आजकल केही न्यून मानिसको शरीरमा आइरनको कमी रहने गर्दछ । जसका कारण कपाल झर्ने सम्भावना रहन्छ । आइरनको कमीले कपाल झर्ने समस्याका अतिरिक्त बेहोस हुने, टाउको दुख्ने, आँखा धमिलो हुने लगायतका समस्याहरू देखा पर्न सक्छ ।

९. भिटामिन बीको कमी
भिटामिन बीको कमीले पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरू फलफूल, माछा, मासु, तरकारी प्रशस्त मात्रा खानु उत्तम हुन्छ ।

१०. अनावश्यक क्रिम र स्ट्रेट
कपाल झर्ने अर्को मुख्य कारण भनेको कपाल सुन्दर बनाउने नाममा गरिने अनावश्यक क्रिमको प्रयोग तथा कपालमा गरिने रंगको प्रयोग पनि हो । साथै पटक पटक गरिने हेयर स्ट्रेटले पनि कपाल झर्ने समस्या हुने गर्दछ ।

रोकथामको उपाय

यदि कोही युवामा वंशाणुगत गुणका कारणले कपाल झर्दै गएको छ वा उमेर बढ्दै जाँदा वा हर्मोन परिवर्तनको कारणले कपाल झर्ने समस्या भए यो रोकथाम गर्न मुस्किल हुन्छ ।

तर अन्य अवस्थामा जस्तै हानिकारक खानपान, धूम्रपान, मद्यपान लगायतको सेवनबाट कपाल झर्ने समस्या भने मुख बार्नाले कम हुने गर्दछ ।

साथै मानसिक रूपमा तनाव लिने, कपालमा रसायनयुक्त पदार्थको प्रयोग गर्ने लगायतको बानी सुधारियो भने पनि कपाल झर्ने रोकिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १२ : ५३ बजे

सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित

बेरूत– लेबनानको हेजबुल्लाह समुहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी– अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क

संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो

काठमाडौं- देशभर संविधान दिवस मनाइरहँदा मधेशवादी नेता राजेन्द्र महतो भने

मधेश प्रदेशमा पहिलो पटक मनाइयो संविधान दिवस

जनकपुरधाम– मधेश सरकार गठनको ८ वर्षपछि प्रदेश सरकारले पहिलो पटक

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं– आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान