मितेरी सहकारीमा संसदीय समिति, कुम्भराजको दाबी : ‘डिभोर्स’ कागजी, ज्योतिको ऋण धनराजले तिर्दैछन् « Khabarhub

मितेरी सहकारीमा संसदीय समिति, कुम्भराजको दाबी : ‘डिभोर्स’ कागजी, ज्योतिको ऋण धनराजले तिर्दैछन्


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको ललितपुर महालक्ष्मीस्थानस्थित मितेरी सहकारीको निरीक्षण गरेको छ ।

समितिका सभापति सूर्यबहादुर थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेका हुन् ।

त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिनाबारे सोधपुछ गरेको थियो ।

यसअघि श्रीमती ज्योति गुरुङसँग साढे ४ वर्षअघि नै डिभोर्स भएको धनराजले बताउँदै आएका थिए । उक्त सहकारीको रकम हिनामिनामा पनि उनै संलग्न भएकाले आफूलाई नमुछ्न उनले आग्रह गरिरहेका थिए ।

तर श्रीमती ज्योतिको नाममा रहेको ऋण धनराज आफैँले पटक पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले संसदीय समितिलाई बताएका छन् ।

गत वैशाख र जेठमा मात्रै धनराजले ऋणमध्ये ९१ लाख २५ हजार ६४६ रुपैयाँ तिरेर बताउँदै कुम्भराजले उनीहरू दुईजनाबीच कागजी मात्रै डिभोर्स भएको दाबी गरेका हुन् ।

यसअघि संसदीय विशेष छानबिन समितिमै बोलाएर कुम्भराजको बयान लिइएको थियो । त्यसबे‍ला उनले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको हिनामिनाबारे जानकारी दिएका थिए ।

ज्योतिले हिनामिना गरेको आएपछि धनराज आफैँ सञ्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको कुम्भराजले समितिलाई जानकारी गराएका छन् ।

धनराजले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको जिकिर गरिरहेका छन् । उनले ज्योतिले गरेको सहकारीको बचत हिनामिनासँग आफ्नो संलग्नता र सम्बन्ध नरहेको पनि संसद्‍मै बताइसकेका छन् ।

प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले बिहीबार कार्यविधिबमोजिम निर्णय गरी तीनवटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको सभापति सूर्यबहादुर थापाले बताएका छन् ।

धनराजले हालसम्म फिर्ता गरेको रकम

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ३४ बजे

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले

कांग्रेसले भन्यो : असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस उम्मेदवारहरूमाथि दुर्व्यवहार र

निर्वाचन सुरक्षार्थ विभिन्न जिल्ला जाँदै नेपाल प्रहरी (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

दमक- राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा