संवैधानिक परिषद‍्‍मा उपसभामुखको प्रश्न- मलाई हटाउन लागिएको हो ? « Khabarhub

संवैधानिक परिषद‍्‍मा उपसभामुखको प्रश्न- मलाई हटाउन लागिएको हो ?


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफूलाई हटाउन दुई ठूला दलले गरेको तयारीबारे संवैधानिक परिषद्‍मा कुरा उठाएकी छन् ।

शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवासमा बसेको परिषद् बैठकमा उपसभामुख रानाले आफ्नोबारे बाहिर धेरै कुरा सुनेको भन्दै प्रधानमन्त्र केपी शर्मा ओलीसँग चासो व्यक्त गरेकी हुन् ।

स्रोतका अुनसार उपसभामुख रानाले आफैंले बैठकमा ठूला दलले दुईतिहाइ जुटाउन गरिरहेको कोसिसबारे सोधेकी हुन् ।

‘बाहिर अनौपचारिक रुपमा, पत्रपत्रिकार र सामाजिक सञ्जालमा मेरोबारे कुरा आइरहेका छन् । यहाँहरू सबैजना सिनियर नेताहरू हुनुहुन्छ । मेरोबारे बाहिर अनेक हल्ला आएको सुनिरहेकी छु’, उपसभामुख रानाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बाहिर मैले हस्ताक्षर अभियानसिहतका धेरै कुरा सुनेँ, खास कुरा के हो त? तपाईंहरू सबैजना भएका बेला जिज्ञासा राखेँ ।’

उनले यही बैठकमा आफ्नोबारेका कुरा भनिदिनु भए हुन्थ्यो भनेर नेताहरूलाई आग्रह गरेकी थिइन् । स्रोतका अनुसार बैठकमा उनले अमेरिकी दूतावासालाई भिसाका लागि नभएर अन्तर्वार्ताका लागि मात्रै पत्र लेखेको भन्दै आफ्नो बचाउ पनि गरिन् ।

‘मैले त अमेरिकी दूतावासमा भिसाका लागि पत्र लेखेको होइन । अन्तर्वार्ताको समय अलिक चाँडो मिलाइदिनु भनेर मात्रै पत्र लेखेकी थिएँ’, उनको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘तर मैले त्यो पत्र पढेकी थिइनँ । हतारमा निर्णय गर्न, हस्ताक्षर गर्न नहुने रहेछ । मैले जानिनछु, नयाँ भएका हिसाबले मेरो कमजोरी भएको हुन सक्छ । यहाँहरू सिनियर हुनुहुन्छ, यसबारे मैले प्रष्ट हुन खोजेकी हुँ ।’

त्यसपछि संवैधानिक परिषद् बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले एजेन्डामा केन्द्रित हुनुपर्ने भन्दै उपसभामुख रानाले उठाएका कुरालाई छल्न खोजेको स्रोतले उल्लेख गरेको छ ।

‘हामी अहिले एजेन्डामा मात्रै कुरा गरौँ । तय गरिएका एजेन्डाका लागि हामी यहाँ बसेका हौँ’, उपसभामुखलाई ओलीको जवाफबारे स्रोतले भन्यो, ‘अहिले अरु विषयमा कुरा गरौँ । तपाईं-हामी कोही पनि बाहिर आएका हल्लाको पछि नलगाौँ ।’

स्रोतका अनुसार ओलीले उपसभामुखलाई उनको योगदानबारे सबैलाई थाहा भएको पनि बताएका थिए । ‘तपाईंको योगदानबारे हामीलाई थाहा छ, त्यस्तो कुनै योजना छैन’, ओलीको जवाफबारे स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री ओलीले बोलिसकेपछि संवैधानिक परिषद्का सदस्य एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख रानाको बचाउ कोसिस गरेका थिए ।

दाहालले उपसभामुखबारे संसद्‍देखि सडकसम्म कुरा उठिरहेकाले प्रष्ट हुन खोजेको हु्न सक्ने बताए । ‘उहाँ (उपसभामुख) को विषयमा धेरै कुरा उठिरहेको छ । त्यसैले उहाँले प्रष्ट हुनु खोज्नु भएको होला’, दाहालले बैठकमा भने ।

यसबारेमा नेताहरूले उपसभामुख रानालाई हतारमा गलत निर्णय नलिन पनि सुझाएका छन् । ‘हतारमा कुनै किसिमको गलत निर्णय नगर्नु, अध्ययन मात्रै गरेर निर्णय लिनु, हस्ताक्षर गर्नु’, उपसभामुखलाई नेताहरूको सुझावबारे स्रोतले भन्यो, ‘कुनै किसिमको नियुक्ति दिँदा या पत्र लेख्दा अध्ययन गरेर मात्रै हस्ताक्षर गर्ने गर्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ५१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको