गोलभेँडामा भेटियो अत्यधिक विषादी, एक क्विन्टल गोलभेँडा नष्ट गरियो « Khabarhub

गोलभेँडामा भेटियो अत्यधिक विषादी, एक क्विन्टल गोलभेँडा नष्ट गरियो


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

गोदावरी–  कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा९टमाटर०मा अत्यधिक विषादीको मात्रा भेटिएको छ । 

तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो ।

विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट बजारमा ल्याइएको गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो । 

हाट बजारमा ल्याइएको सो गोलभेँडा प्रयोगशालामा परीक्षण गर्दा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए । 

परीक्षणका क्रममा अत्यधिक विषादी भेटिएको उक्त गोलभेँडा खान अयोग्य भएकाले एक क्विन्टल गोलभेँडा नष्ट गरिएको उनले जानकारी दिए । उनले प्रयोगशालामा ३५ प्रतिशतभन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने बताउँदै ४५ भन्दा माथि रोकावट दर भेटिए नष्ट गर्ने गरिएको बताए । 

विषादी अवशेष द्रुत विश्लेषण एकाइले अत्तरियामा सञ्चालित हाट बजारमा दैनिक तरकारी र फलफूलको नमूनाको विषादी परीक्षण गर्दै आएको जनाएको छ । अत्तरियामा डेढ दशकदेखि सञ्चालनमा रहेको सो हाट बजार क्षेत्रीय हाट बजार हो । 

सो हाट बजारमा सुदूरपश्चिमभरका किसानले उत्पादन गर्दै आएका कृषिजन्य वस्तु संकलन गरी बिक्री वितरण गर्दै आएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १२ : १८ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती