यी हुन् एनपीएलको आठ टीमका मार्की खेलाडी « Khabarhub

यी हुन् एनपीएलको आठ टीमका मार्की खेलाडी


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ ।

जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसैगरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसीफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।  त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।   

क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाएको हो ।

मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।

एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने तालिका छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ३ : ३३ बजे

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा

महारानीथान-छाप-डाडाखेत-ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

सञ्चारमन्त्री खरेलले भने- राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन