रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध « Khabarhub

रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सियोल उत्तर कोरियाली नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सर्गेइ शोइगुसँग वार्ता गरेपछि रूससँगको सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् ।  

पश्चिमी शक्तिहरूले भने युक्रेनी युद्धमा प्रतिबन्धको अवहेलना गर्दै उत्तर कोरियाले रूसलाई हतियार बेचेको आरोप लगाएका छन् । 

राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा प्योङयाङको गर्दा किमसँग आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए भने उत्तर कोरियाले हालै रूससँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार पुटिन र किम जोङले मैत्रीपूर्ण र विश्वसनीय  वातावरणमा “रचनात्मक“ वार्ता गरेका छन् ।

 द्विदेशिय रणनीतिक संवादलाई निरन्तर वृद्धि गर्दै आपसी सुरक्षा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्थाको रक्षा गर्न सहयोगलाई सुदृढ पार्ने विषयमा व्यापक विचार आदानप्रदान भएको उत्तर कोरियाको सरकारी मिडियाले जनाएको छ ।

किमजोङ्ले जुनमा हस्ताक्षर गरेको सन्धिका आधारमा उत्तर कोरियाको सरकारले रूससँग सहयोग र सहकार्यलाई थप विस्तार गर्ने पुष्टि गरे ।  यसै गरी रूसीको सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा किमसँगको शोइगुको भेटले रक्षा सम्झौताको कार्यान्वयनमा महत्त्वपूर्ण योगदान दिने जनाएको छ ।

गत मे महिनामा रक्षामन्त्रीको पदबाट राजीनामा दिएपछि शोइगु रुसको सुरक्षा परिषद्को प्रमुख बनेका हुन्। 

‘उत्तर कोरियाले शुक्रबार पहिलो पटक  युरेनियम सुविधाका तस्बिरहरू सार्वजनिक गरेको छ’ भने किमले, आत्मरक्षाका लागि आणविक हतियार द्रुत रूपमा अघि बढाउन सेन्ट्रिफ्युजको सङ्ख्या बढाउन आवश्यक रहेको बताएका छन् ।   

अमेरिका र दक्षिण कोरियालगायतका राष्ट्रले उत्तर कोरियालाई रूसको युद्धका लागि सैन्य सामाग्री आपूर्ति गरेको आरोप लगाएका छन् भने यो दाबीलाई प्योङयाङले अस्वीकार गरेको छ ।

यस हप्ता सार्वजनिक एक द्वन्द्व हतियार अनुसन्धान प्रतिवेदनले उत्तर कोरियामा यस वर्ष उत्पादित मिसाइलहरू युक्रेनमा प्रयोग भइरहेको देखाएको छ ।

उत्तर कोरियाको सहयोगी रूस प्योङयाङसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने राष्ट्रहरू मध्ये एक हो भने सन् २०२२मा युक्रेन युद्ध सुरु भएदेखि पश्चिममासँग रूसीको सम्बन्ध बिग्रिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ४ : २२ बजे

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते