रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध | Khabarhub Khabarhub

रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सियोल उत्तर कोरियाली नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सर्गेइ शोइगुसँग वार्ता गरेपछि रूससँगको सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् ।  

पश्चिमी शक्तिहरूले भने युक्रेनी युद्धमा प्रतिबन्धको अवहेलना गर्दै उत्तर कोरियाले रूसलाई हतियार बेचेको आरोप लगाएका छन् । 

राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा प्योङयाङको गर्दा किमसँग आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए भने उत्तर कोरियाले हालै रूससँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार पुटिन र किम जोङले मैत्रीपूर्ण र विश्वसनीय  वातावरणमा “रचनात्मक“ वार्ता गरेका छन् ।

 द्विदेशिय रणनीतिक संवादलाई निरन्तर वृद्धि गर्दै आपसी सुरक्षा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्थाको रक्षा गर्न सहयोगलाई सुदृढ पार्ने विषयमा व्यापक विचार आदानप्रदान भएको उत्तर कोरियाको सरकारी मिडियाले जनाएको छ ।

किमजोङ्ले जुनमा हस्ताक्षर गरेको सन्धिका आधारमा उत्तर कोरियाको सरकारले रूससँग सहयोग र सहकार्यलाई थप विस्तार गर्ने पुष्टि गरे ।  यसै गरी रूसीको सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा किमसँगको शोइगुको भेटले रक्षा सम्झौताको कार्यान्वयनमा महत्त्वपूर्ण योगदान दिने जनाएको छ ।

गत मे महिनामा रक्षामन्त्रीको पदबाट राजीनामा दिएपछि शोइगु रुसको सुरक्षा परिषद्को प्रमुख बनेका हुन्। 

‘उत्तर कोरियाले शुक्रबार पहिलो पटक  युरेनियम सुविधाका तस्बिरहरू सार्वजनिक गरेको छ’ भने किमले, आत्मरक्षाका लागि आणविक हतियार द्रुत रूपमा अघि बढाउन सेन्ट्रिफ्युजको सङ्ख्या बढाउन आवश्यक रहेको बताएका छन् ।   

अमेरिका र दक्षिण कोरियालगायतका राष्ट्रले उत्तर कोरियालाई रूसको युद्धका लागि सैन्य सामाग्री आपूर्ति गरेको आरोप लगाएका छन् भने यो दाबीलाई प्योङयाङले अस्वीकार गरेको छ ।

यस हप्ता सार्वजनिक एक द्वन्द्व हतियार अनुसन्धान प्रतिवेदनले उत्तर कोरियामा यस वर्ष उत्पादित मिसाइलहरू युक्रेनमा प्रयोग भइरहेको देखाएको छ ।

उत्तर कोरियाको सहयोगी रूस प्योङयाङसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने राष्ट्रहरू मध्ये एक हो भने सन् २०२२मा युक्रेन युद्ध सुरु भएदेखि पश्चिममासँग रूसीको सम्बन्ध बिग्रिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ४ : २२ बजे

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज