सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गर्नुपर्छः राजेन्द्र लिङ्देन « Khabarhub

सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गर्नुपर्छः राजेन्द्र लिङ्देन


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शिक्षा क्षेत्रमा भइरहेको विभेद अन्त्य गर्न लागिपर्ने धारणा राखेका छन् ।

बाल दिवसका अवसरमा आज बाल सञ्जाल भद्रपुर–७ द्वारा यहाँ आयोजित ‘विद्यार्थीहरूसँग सांसद कार्यक्रम’मा उहाँले सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गरिनुपर्ने बताए।

“अहिलेको शिक्षा नियमावलीका कारण भइरहेको विभेद अन्त्य गर्न अर्को ऐन संसद्मा छलफलकै क्रममा छ”, अध्यक्ष लिङ्देनले भने, “बालबालिकाले दुई थरीको शिक्षा पाउने अवस्था अन्त्यका लागि आफ्नो तर्फबाट दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता जनाउँछु ।”

सरकारी उदासीनताका कारण वर्तमान शिक्षा प्रणालीमा परिवर्तन हुन नसकेको बताउँदै उनले अबको पुस्ता नेपालमै बस्ने वातावरण बनाउन सोहीअनुसारको शिक्षा जरुरी रहेकामा जोड दिए ।

कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले पछिल्लो समय बालबालिका लागुऔषधको दुव्र्यसनमा फस्न थालेकाले यसप्रति सबै सजग हुनुपर्ने आवश्यकता औल्याए । भद्रपुर–७ बाल सञ्जालका अध्यक्ष नवीन तिम्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर युवा परिषद्का अध्यक्ष आरोग्य तिम्सेनाले गरेका थिए । भद्रपुर नगरक्षेत्रमा २२ हजार नौ सय ७५ जना बालबालिका रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ९ : ०१ बजे

कम्युनिस्ट पार्टी बलियो भए लोकतन्त्रले मान्यता पाउँछ : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई राष्ट्रिय

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय

युवाको भावनाअनुरूप काम गर्नुपर्छ : पम्फा भुसाल

ढोरपाटन– नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा

ओलीको प्रशंसा गर्दै रञ्जीताले भनिन्- उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति सम्मान गर्छु

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले एमालेको एघारौँ महाधिवेशनमा

एनपीएल फाइनल सुरु हुनुअघि कीर्तिपुरको माहौल (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग -२ : फाइनल खेलको लागि बिहानैदेखि