भेनेजुएलामा अमेरिकीसहित ६ जना विदेशी गिरफ्तार « Khabarhub

भेनेजुएलामा अमेरिकीसहित ६ जना विदेशी गिरफ्तार


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

कारकास– भेनेजुएलाले एक अमेरिकी जल सेन सहित ६ जना विदेशीलाई देशमा अस्थिरता निम्त्याउन षडयन्त्र गरेको आरोपमा गिरफ्तार गरेको जनाएको छ ।

आन्तरिक मामला मन्त्री नाइसडाडो काडालाले यो षडयन्त्र सिआइएको योजनामा भएको तथा यसको उद्देश्य नेता निकोलास माडुरोको ज्यान लिने भएको जनाएको छ ।

माडुरो निर्वाचनमा विजयी भए पछि भेनेजुएलाको विरोधी ल्याटिन अमेरिकी देश तथा अमेरिकाले यसलाई अस्वीकार गरेका थिए । त्यस पछि नै यो परिस्थिति उत्पन्न भएको हो । त्यस पछि भएको प्रदर्शनमा हजारौँ जना गिरफ्तार समेत भएका छन् ।

काबेलोले पत्रकार सम्मेलनको आयोजना गर्दै यस कार्यको नेतृत्व नै अमेरिकी जल सेनाका विलियम जोसेफ कास्टानाडेज गोमेजले गरेको बताएका छन् । उनले अन्य २ अमेरिकी डेभिड इस्ट्रेला र आरोन बारेट लोगान समेत गिरफ्तार भएको बताएका छन् । यसका साथै स्पेनिस नागरिक जासे मारिया बासोआ र आन्द्रेस मार्टिनेज अजास्मे सहित गिरफ्तार भएको जनाएका छन् । साथमा चेक नागरिक जान भारमोडजाल पनि गिरफ्तार भए ।

भेनेजुएलाका अधिकारीहरूले ४०० थान अमेरिकी राइफल समेत गिरफ्तार गरिएको दाबी गरेका छन् । काबेलोले सिआइएको साथमा स्पेनको राष्ट्रिय गुप्तचर निकाय पनि संलग्न भएको दाबी गरेका छन् । उनले राष्ट्रपति तथा अन्य शीर्ष नेता सहित आफ्नो पनि हत्या योजना भएको दाबी गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसलाई मिथ्या भनेको छा । साथै ३ अमेरिकीको गिरफ्तारीको विषयले ध्यानाकर्षण गराइको जनाएको छ ।

गत जुलाईमा माडुरोले जित दाबी गरेको निर्वाचन पछि भेनेजुएलामा राजनीतिक अस्थिरता बढेको छ ।

यस पछि भएको विद्रोहमा विपक्षी दलहरूको साथ रहेको छ । विपक्षी नेता एडुमन्डो गोन्जालेजले आफ्नो मत चोरी भएको दाबी गरेका छन् । गत साता भेनेजुएलाले गिरफ्तारीका लागि वारेन्ट जारी गरे पछि उनी अहिले स्पेनमा निर्वासनमा छन्

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : ५७ बजे

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली