जेलबाट छुटेका केजरीवालको घोषणा- दुई दिनभित्र राजीनामा दिएर जनतामा जान्छु | Khabarhub Khabarhub

जेलबाट छुटेका केजरीवालको घोषणा- दुई दिनभित्र राजीनामा दिएर जनतामा जान्छु


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी सहर नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनभित्रमा पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

तिहाड जेलमा १५६ दिन बसेर रिहा भएपछि  केजरीवालले आम आदमी पार्टीको कार्यालयमा आइतबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु । जनताको निर्णय नआएसम्म म यो कुर्सीमा फर्किने छैन। म जनताबीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

केजरीवाल तिहाड जेलबाट शुक्रबार रिहा भएका हुन् । त्यहाँको सर्वोच्च अदालतबाट जमानत पाएसँगै १५६ दिन तिहाड जेलमा बिताएर उनी रिहा भएका थिए ।

केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको थियो । जमानत मिलेपछि केजरीवालको रिहाइको पत्र तिहाड जेलमा पुर्‍याइएको थियो।  उनी समग्रमा करिब ६ महिना लामो जेल जीवन गुजारेर रिहा भएका हुन् ।

जेलबाहिर आएपछि उनले आम आद्मीका कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए, ‘सबैभन्दा पहिले भगवानप्रति आभारी छ । जसका कारण म जेलबाहिर आउन सकेको छु । जसले मन्दिर, मस्जिद, गुरूद्वारामा प्रार्थना गरे, उनीहरू सबैप्रति आभारी छु । मेरो रगतको एक एक थोपा देशका लागि समर्पित छ।’

सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको मुद्दा प्रकरणमा उनलाई जमानत दिएको थियो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको थियो ।

न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो । सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ४० बजे

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङ– मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ ।