५० अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी  « Khabarhub

५० अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी 


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो शेयर बजार ५० अंकले घटेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेको छ । नेप्से १.८८ प्रतिशतले घट्दा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको रहेको छ ।

प्रि-ओपन सेसनमा करिब १० अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयदेखि नै उकालो लागेको थियो । १ बजेट ४४ मिनेटसम्म बढेको बजार त्यसपछि भने विक्रीकर्ता हाबी भएर बजार घट्यो ।

बजार घट्न सुरु भएपछि पनि २ पटक बजार माथि उठ्न खोजेको भएपनि बिक्रीकर्ता हाबी भएका कारण बजार माथि जान सकेन र बजार बन्द हुँदा ५० अंकको गिरावट आयो ।

आज ३२४ कम्पनीको शेयर कारोबार हुँदा २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १ लाख १९ हजार ७३९ पटक किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आइतबार १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.६८ प्रतिशतले घटेर ६ हजार ५७५.४२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.९० प्रतिशतले घटेर ३ हजार ७२४.६० विन्दुमा पुगेको छ ।

त्यस्तै वाणिज्य बैंक समूह ०.९३ प्रतिशतले, विकास बैंक २.५१ प्रतिशतले, फाइनान्स ३.५३ प्रतिशतले, हाइड्रो समूह १.४८ प्रतिशतले, लगानी समूह २.८० प्रतिशतले, जीवन बीमा समूह २.७४ प्रतिशतले, उत्पादन तथा प्रशोधन समूह १.७९ प्रतिशतले, लघुवित्त समूह १.८८ प्रतिशतले, म्युचुअल फण्ड समूह ०.६१ प्रतिशतले, निर्जीवन बीमा समूह २.१६ प्रतिशतले र अन्य समूह २.२३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : २४ बजे

रास्वपाको प्रथम महाधिवेशन सुरु (लाइभ)

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका