एक सांसदले बोलेका कुरामा संसद् अवरुद्ध गर्नु अनुचित : प्रवक्ता महत « Khabarhub

एक सांसदले बोलेका कुरामा संसद् अवरुद्ध गर्नु अनुचित : प्रवक्ता महत


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद् नै अवरुद्ध गर्नु उचित नहुने बताएका छन् ।

आइतबार सदन अवरुद्ध भएपछि संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले सदनमा सांसदहरूले धेरै विषयमा बोल्ने गरेको एक सांसदले बोलेको कुरालाई लिएर मात्रै संसद् अवरोध गर्नु उचित नभएको बताएका हुन् ।

माओवादी सशस्त्र द्वन्द्वलाई स्वीकार गरेर मुलुकमा शान्ति प्रक्रिया अघि बढेको अवस्थामा अनावश्यक आशंका जन्माउन नहुने उनले बताए ।

महतले विपक्षमा हुँदा धेरै प्रतिक्रियात्मक हुने र सत्तापक्षमा हुँदा रक्षात्मक हुने कुरा उचित नभएको पनि जिकिर गरे ।

सदनमा गम्भीर रूपमा छलफल गर्नुपर्ने धेरै एजेन्डा र विधेयकहरू रहेकाले छिटै निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : ४७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट