मेस्सीको रुपमा ग्रिजम्यानको तुलना | Khabarhub Khabarhub

मेस्सीको रुपमा ग्रिजम्यानको तुलना


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान यहिँ सिजनमा स्पेनिस महारथी बार्सिलोनामा आवद्ध भएका हुन् । लिगमा उनको डेब्यु खेलमा बार्सिलोना पराजित भयो । यो सिजनमा बार्सिलोनाले ला लिगामा एथ्लेटिक विल्वाओसँग खेल्दै नयाँ सिजनको शुरुवात गरेको थियो । जुन खेलमा बार्सिलोना १–० ले पराजित भएको थियो ।

तर, सोमबार बिहान भएको खेलमा भने बार्सिलोनाले रियल बेटिसविरुद्ध उत्कृष्ट जीत हात पार्‍यो । बेटिसविरुद्ध बार्सिलोनाले ५–२ गोलअन्तरको प्रभावशाली जीत निकाल्यो । कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी र अर्का स्टार खेलाडी लुइस स्वारेज तथा उसमान डेम्बेले मैदान नउत्रिएको खेलमा नायक बने ग्रिजम्यान । उनले बार्सिलोनाका लागि दुई महत्वपूर्ण गोल गरे ।

उनले आफ्नै शैलीमा गोल गरेपनि ‘सेलिब्रेसन’ चाहिँ स्टार खेलाडी मेस्सीको जस्तै गरे । १–० ले पछि परेको बार्सिलोनाका लागि ग्रिजम्यानले खेलको ४१ औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले गोल गरिसकेपछि घरेलु दर्शकतर्फ फर्किएर गोल सेलिब्रेसन गरेका थिए । त्यस्तै, उनले खेलको ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

ग्रिजम्यानले महत्वपूर्ण खेलमा उत्कृष्ट दुई गोल गर्दा उनलाई मेस्सीको अर्को रुपमा हेरिएको छ । मेस्सी बार्सिलोनाको महत्वपूर्ण पिलर हुन् र यो सिजनको पहिलो खेलमा बार्सिलोनाले पराजय व्यहोर्दा मेस्सी टिममा नहुँदाको अभाव भनेर विश्लेषण भएको थियो ।

नाउ क्याम्पमा ग्रिजम्यानको डेब्यु खेल सम्झनलायक बनेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : २३ बजे

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी

वासिंगटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा