आर्सनल र न्यूक्याशलको अपराजित यात्रा कायम « Khabarhub

आर्सनल र न्यूक्याशलको अपराजित यात्रा कायम


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको नर्थ लन्डन डर्बीमा आर्सनलले टोटनहाम हस्टस्पर्समाथि १-० को जित हात पारेको छ।

आर्सनललाई जित दिलाउने क्रममा गाब्रियलले दोस्रो हाफमा हेड गोल गरेका थिए। आर्सनल कप्तान मार्टिन ओडेगार्ड बिना मैदानमा उत्रेको थियो। ओडगार्ड इन्जुरीको कारण सहभागी नभएको खेलमा टोलीका भरपर्दा मिडफिल्डर डेक्लान राइस् भने प्रतिबन्धका कारण उपस्थित थिएनन्।

आर्सनलका गोलरक्षक डेभिड राजाले खेलमा केही शानदार बचाउ गरेका थिए। ६४ औं मिनेटमा गाब्रियलले हेड गोल गरेका हुन्। सेट पिसमा कमजोर टोटनहाम फेरि एक पटक आर्सनलसँग सेट पिसमा चुकेको कारण नै पराजय स्वीकार गर्न बाध्य भएको छ।

गत सिजन टोटनहामले खाएको ५४ मध्येका १६ गोल सेट पिसमा नै थिए। अर्को खेलमा एक गोलले पछि परेको न्यु क्याशल कम ब्याक गर्दै २-१ ले हराएको छ।

कम ब्याक गर्दै जित हात पारेको न्यु क्याशलका लागि हार्भे र्बान्सले ८० औ मिनेटमा गोल गरेका हुन्। फाबियन स्कारको बराबरी गोलमा न्यु क्यशाल खेलमा फर्किएको खेलमा उनले २० यार्डबाट घुमाउरो प्रहार गर्दै गोल गरेका थिए।

३६ औ मिनेटमा मारियो लेमिनाको गोलमा घरेलु टोलीले अग्रता लिए पनि त्यसलाई जोगाउन भने सकेन। चार खेलमा उल्भ्स जित रहित छ भने न्युक्याशल अविजित छ। ४ खेलमा शत प्रतिशत जित सहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ यसैगरी, आर्सनल १० अङ्क सहित दोस्रो स्थानमा छ। समान १० अङ्क भएको न्यूक्याशल तेस्रो स्थानमा छ भने लिभरपुल ९ अङ्क सहित चौथो तथा अस्टनभिल्ला पाँचौँ स्थानमा छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : ४१ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा