पाँचथरमा भएको विस्फोटक पदार्थ बम हो : प्रधानमन्त्री ओली  « Khabarhub

पाँचथरमा भएको विस्फोटक पदार्थ बम हो : प्रधानमन्त्री ओली 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको फालेलुङमा भएको विस्फोटक पदार्थ बम नै भएको बताएका छन् ।  

सोमबार प्रतिनिधि सभामा बोल्दै ओलीले पाँचथरमा बम विस्फोट भएको स्पष्ट पारेका हुन् ।

‘बम विस्फोटबाट भन्नु हुने हो कि नहुने हो ? यहाँ अन्योल भएको छ । तर वम विस्पोर्टबाट दुई बालबालिकाको निधन भयो । प्रधानमन्त्री ओलीले भने,‘उनका परिवारलाई पाँच लाख दिने सरकारले निर्णय गरेको छ । घाइतेको नि:शुल्क उपचार हुन्छ ।’ 

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको गाडागाड १३ भदैमा विस्फोटक पदार्थ पड्‌किँदा दुई बालबालिकाको मृत्यु भएको थियो । 

स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीय छोरी प्रिन्साको वम पड्कँदा ज्यान गएको हो । वम पड्किएको घर माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको हो । तर त्यहाँ स्थानीय  ज्ञानबहादुर राई १० वर्षदेखि बस्दै आएका थिए । 

अर्का दुई घाइते बालकहरू पवन राई र ७ वर्षीय दिप्सन राईको कीर्तिपुर वन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ४४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको