रविले दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा : प्रवक्ता महत « Khabarhub

रविले दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा : प्रवक्ता महत


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका  प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा  भएको बताएका छन् । 

उनले सहकारीकै पैसाबाट उनको तलब भत्ता चलेको र रवि जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको थाहा पाएको कारण क्लीन चिट भएको कुरा गैरजिम्मेवारपूर्ण भएको बताए । 

‘प्रतिवेदनको सम्पूर्ण कुरा आइसकेको छैन । गोर्खा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीबाट लिएको छ । अन्य कहीँबाट पनि लिएको छैन । गोरखा मिडिया नै सहकारीको पैसाबाट चलेको रहेछ भनेर सूर्य थापाले त्यहीँ भने ।’ महतले भने, ‘गोरखा मिडियाको सीईओ भएर रवि लामिछाने बस्नुभएको थियो । सहकारीकै पैसाबाट उहाँको तलब भत्ता चलेको रैछ । उहाँ जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको रछ ।’ 

उनले लामिछानेले लिनै नहुने, लिनै नमिल्ने पैसा लिएर  तलब भत्ता खाएको पनि बताए ।

उनले भने, ‘हामी दोषी हुँदै होइनौँ भनेर घोषणा गर्दै हुनुहुन्छ भने त्योभन्दा गैरजिम्मेवारपूर्ण कुरा के हुन सक्छ ?’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : २९ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा