गल्फकोर्ष गोली काण्डका आरोपी राउथको ट्रम्प र रुसप्रतिको उत्तिकै घृणा  « Khabarhub

गल्फकोर्ष गोली काण्डका आरोपी राउथको ट्रम्प र रुसप्रतिको उत्तिकै घृणा 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्षका गोली काण्डका आरोपी रेयन विस्ली साउथका बारे सीबीसी न्युजले समाचार प्रकाशन गरेको छ । उनको सामाजिक सञ्जालको प्रोफाइल अनुसार सबैले युक्रेनलाई रुसको विरुद्धको युद्धमा सहयोग गर्न अपिल गरेका छन् । 

न्यु योर्क टाइम्सकै अनुसार कुनै सैन्य अनुभव नभएका राउथ सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे पछि तालिवानसँग भिडेका अफगान सेना खोज्न युक्रेन पुगेका थिए । 

‘सेनाहरूले अहिले मलाई सम्पर्कको प्रयास नगर्नु होला । म अझै युक्रेनलाई सहयोग गर्न अफगान सेनाको खोजीमा छु ,’ जुलाई महिनामा राउथले फेसबुकमा लेखेका थिए । सीबीसीकै रिपोर्ट अनुसार उनी माथि थुप्रै फौजदारी अभियोग छन् । यी नै मध्यको हातहतियार सम्बन्धी पनि हो । 

उनी युक्रेन पुगे पछि भने विचार बदलेका थिए । पाको उमेर र सैन्य अनुभव नभएका कारण लड्ने सोचाइ छाडेका हुन् । परन्तु युक्रेनलाई सहयोग गर्नु पर्ने विचारमा उनी अडिग नै रहेका थिए । संसारमा विभिन्न सञ्चार माध्यमले लगातार उनको अन्तरवार्ता समेत विगतमा प्रकाशित गरेका थिए । 

रोमानियाको समाचार माध्यम न्युज विकमा दिएको अन्तरवार्तामा उनले युक्रेनले भिसा दिएर अफगान सेना बोलाउनु पर्ने जिकिर समेत गरेका थिए । उनकै छोरा ओरानले भने आफ्ना बाबु दयालु र मायालु भएको प्रतिक्रिया दिएका छन् । घटना हुँदा राउथसँग एके ४७ राइफल थियो ।  उनको पछिल्लो समयको वासस्थान हवाइ हो । तथापि उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । टहरो बनाउने कम्पनी क्याम्प बक्स हनाउलुका उनी मालिक समेत हुन् । 

उनको रेकर्ड हेर्दा उनी सन् १९९८ मा उत्तरी क्यारोलिना  कृषि तथा प्रविधि प्रान्तीय विश्वविद्यालयका ग्य्राजुएट हुन् । सन् १९९० मा नक्कली चेकको अभियोग लागेका उनीमाथि विध्वंस कार्यका लागि हात हतियार ओसार पसारको अभियोग थियो । उनी माथि मानिसलाई पिटेर भाग्ने, हतियार, अपहरण र हिंसा लगायत अनेकौँ आरोप लागेका छन् । 

सन् २०२४ को डेमोक्र्याट पार्टीको प्राथमिक निर्वाचनमा उनले मत प्रयोग गरेका थिए । उनले ‘अन एफीलेटेड’ मतदाताको रूपमा मत दिएका थिए । ट्रम्पका बारे अनेकन घृणायुक्त पोस्टका कारण उनको ट्विटर एकाउन्ट बन्द भएको छ । उनले १३ जुलाईमा भएको ट्रम्प माथिको आक्रमणमा पनि चासो दिएका थिए । उनले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सो समयमा घाइतेलाई भेट्न र मर्नेहरूको अन्त्येष्टि कार्यक्रममा सरिक हुन सुझाव दिएका थिए । 

राउथले गरेको आक्रमणमा बाबजुद ट्रम्पको चुनावी तालिकामा कुनै परिवर्तन भएको छैन । ५ नोभेम्बरमा हुने निर्वाचनमा उनकी विपक्षी तथा उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प सुरक्षित हुनुलाई आफू धन्यवादको पात्र भएको समेत बताएकी छिन् । उनले आफू सधैँ शान्तिको पक्षमा रहेको बताउँदै ट्रम्पलाई बचाउने सुरक्षा निकायका सबलाई धन्यवाद दिएकी छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ३७ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस