मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ? « Khabarhub

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणी चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै खनालले ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभागहरु भारतकै हुन्’ भनेर अन्तर्वार्ता दिने चौधरीलाई कडा कारबाही गर्न माग गरेका हुन् । चौधरीको उक्त अभिव्यक्ति राष्ट्रियताविरोधी र देशद्रोही भएको खनालले उल्लेख गरेका छन् ।

‘आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको उपमहासचिव र वहालवाला सांसदबाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ’ उनले विज्ञप्तीमा भनेका छन्, ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक रु यो त स्वरै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देश द्रोही अभिव्यक्ति पनि हो ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ३५ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान