खानेपानी मन्त्री मगर र सचिवबीच कार्यसम्पादन सम्झौता « Khabarhub

खानेपानी मन्त्री मगर र सचिवबीच कार्यसम्पादन सम्झौता


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्न खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ ।

सोमबार सम्पन्न सम्झौता कार्यक्रममा खानेपानी मन्त्रालयसँग सम्बन्धित योजनाहरु आर्थिक वर्ष २०७६।०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सरकारको नीति तथा कार्यक्रममा आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शत प्रतिशत जनसंख्याको पहुँचमा पुर्‍याइने उल्लेख छ ।

त्यस्तै निर्माणधीन खानेपानी आयोजनाहरु सम्पन्न गरी तराईका जिल्लाहरुमा आर्सेनिक मुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले लिएका यी लक्ष्यहरु पुरा गर्न मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको हो ।

सम्झौतामा उल्लेख भए अनुसार ९८ वटा भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनर्निर्माण गर्ने, १३ सय ६८ वटा आयोजनाहरुको खानेपानी सेवा विस्तार तथा पुनस्थापना गर्ने, १५ वटा क्रमागत तथा ४१ वटा नयाँ गुणस्तर सुधारका आयोजनाहरुको कार्यान्वयन गर्ने र थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य यसै चालु आर्थिक वर्षभित्र गर्ने बताइएको छ ।

त्यस्तै २३ वटा नगर क्षेत्र (जस्तै पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, भद्रपुर, धरान, वीरगञ्ज, भैरहवा र धनगढी लगायत अन्य क्षेत्र) को लागि खानेपानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ । सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६।०७७ मा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख भएकाले चालु आर्थिक वर्षभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार नेपाललाई खुला दिसा मुक्त राष्ट्र बनाई पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिबद्धता छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले यो सम्झौता जनतासँग गरिएको प्रतिबद्धता भएको बताए ।

‘यो सम्झौता जनताका अगाडि यो यो काम गर्छु भनेर गरिएको प्रतिबद्धता हो, उनले भने,  ‘ हामीले चालु आर्थिक वर्षभित्र धेरै काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौती छ । त्यसैले मन्त्री र सचिवले मात्रै नभई सबैले आत्मसात् गरी सरकारको कार्यक्रम योजनाहरु कार्यान्वयन गर्न तिर लागौं ।’

सचिव बेल्वासेले नीति तथा कार्यक्रम र बजेटले लिएका लक्ष्यहरु पूरा गर्नेतर्फ लाग्न सबैको साथ सहयोग जरुरी रहेको बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : २६ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही