प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्दै रास्वपा | Khabarhub Khabarhub

प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्दै रास्वपा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाखमा हुने महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने भएको छ। 

मंगलबार (आज) देखि राष्ट्रिय भेला गरिरहेको रास्वपाले कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको निर्वाचन गर्ने प्रवक्ता मनिष झाले बताए । 

पार्टीको पहिलो महाधिवेशन वैशाखको तेस्रो साता गर्ने र प्रत्यक्ष निर्वाचनमा जाने टुङ्गो लागेको झाको दाबी छ। अहिले राजसभामा ६३ जना केन्द्रीय सदस्य छन् । महाधिवेशनपछि १२१ जना केन्द्रीय सदस्य रहने विधान बनाउने उनले जानकारी दिए । 

यस्तै, तीन उपसभापतिमा एकजना तथा महामन्त्री १ र सहमहामन्त्री २ मध्ये एक महिला अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको झाको भनाइ छ।

रास्वपामा अहिले पदाधिकारी सङ्ख्या ११ छ । नयाँ विधानमा १५ जना पदाधिकारी रहने प्रस्ताव गरिएको झाले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : २३ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक