हिजबुल्लाहको पेजर विस्फोट हुँदा नौ जनाको मृत्यु, सयौं घाइते « Khabarhub

हिजबुल्लाहको पेजर विस्फोट हुँदा नौ जनाको मृत्यु, सयौं घाइते

हिजबुल्लाहबाट विस्फोटको आरोप इजरायललाई


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

लेबनान – सशस्त्र समूह हिजबुल्लाहले सम्पर्क गर्नका लागि बोकेको हाते पेजर विस्फोट भएपछि लेबनानमा एक बच्चासहित नौ जनाको मृत्यु भएको छ।

राजधानी बेरुत लगायतका स्थानमा भएका विस्फोटमा लेबनानाका लागि इरानी राजुदूत सहित २८ सय जना घाइते भएका छन्। यता हिजबुल्लाहले आठ जना लडाकुको ज्यान गएको बताएको छ।

हिजबुल्लाहले यसको आरोप इजरायल माथि लगाएको छ। ७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरेयता इजरायल र लेबनानको सिमामा दैनिक झडप भएको थियो।

हिलबुल्लाह समूहले मोबाइल र इन्टरनेट ट्र्याकको जोखिमले पेजर प्रयोग गर्ने गरेका छन्। हिजबुल्लाहले आफूहरूले इरानको सहयोगमा प्यालेस्टाइनलाई सहयोग गरिरहेको जनाएको छ। यो समूहलाई इजरायल, बेलायत र अन्य धेरै देशले आतङ्ककारीको सूचीमा राखेका छन्।

एक पसलको सिसिटिभीमा देखिएको दृश्य अनुसार कुनै व्यक्तिको पकेटमा नै सो विस्फोट भएको थियो। उनी ढलेर छटपटाइरहेका थिए भने अन्य धेरै जानको पछि लागिरहेका थिए। धेरै घाइतेको अनुहार र हातमा चोट लागेको छ। इरानी राजदूत मोजताबा अमानीमा सामान्य चोट लागेको उनको श्रीमतीले जानकारी दिएकी छिन्।

हिजबुल्लाहले आफूको ८ जनाको ज्यान गएको बताए पनि यसका बारे पुरै विवरण बाहिर आएको छैन। सञ्चार माध्यमलाई प्राप्त श्रोतका अनुसार हिजबुल्लाहका एमपी अली अमर र बेका उपत्यकाका हिजबुल्लाह सदस्यको १० वर्षीया छोरीको ज्यान गएको छ। विधायक हसन फदलाहको छोराको पनि ज्यान गएको जनाइएको छ।

हिजबुल्लाहले लडाइँ लडिरहेको छिमेकी सिरियलमा पनि पेजर विस्फोट भएर १४ जना घाइते भएका छन्। हिजबुल्लाहले यो सबै घटनाको जिम्मेवार इजरायल भएको दाबी गरेको छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : २८ बजे

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा