नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं : मन्त्री पाण्डे  « Khabarhub

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं : मन्त्री पाण्डे 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बुधबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।

बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।  

नाथम विकास ऐन अन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै उनले आगामी हिउँदे अधिवेशनबाट नाथम सम्बन्धी विधेयक संसद्‌मा पेश गर्ने विश्वास व्यक्त गरे। 

उनले नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि प्रमाणित भएको बताए। उनले नाथमले अन्तराष्र्टिय संघ संस्थाहरुसँग समेत सहकार्य र समन्वय  गर्नु पर्नेमा जोड दिए । नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले विश्वास दिलाए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : २९ बजे

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको