पत्रकार महासंघको ढोकामै टाँगियो अध्यक्ष र महासचिव हराएको सूचना | Khabarhub Khabarhub

पत्रकार महासंघको ढोकामै टाँगियो अध्यक्ष र महासचिव हराएको सूचना


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको भनी महासङ्घको कार्यालयमा ब्यानर टाँगिएको छ ।

 ‘पत्रकार हराएको सूचना’ लेखिएको ब्यानर सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयको मूल ढोकाबाहिर टाँगिएको हो । 

भदौ २९ गतेदेखि दुवैजना हराएको उल्लेखित ब्यानरमा उनीहरूलाई भेटेमा महासंघमा जानकारी गराइदिन आग्रह गरिएको छ ।

‘२०८१–०५–२९ गते गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिनदेखि हराएको । भेट्नुहुने महानुभावहरूले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ’, ब्यानरमा लेखिएको छ । 

तीनपटक स्थगित भइसकेको महासंघको निर्वाचन असोज १२ गतेका लागि तोकिएको छ । तर, सदस्यता वितरणलाई लिएर विवाद कायमै छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : २८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा १

पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

चितवन– प्रहरीले पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरेको छ

रविलाई मुद्दा दर्ताका लागि कास्की अदालत लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

दाङ– दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला