रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा « Khabarhub

रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद गीता बस्नेतलाई जस्तै मुद्दा चल्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार ‘एक महिने विशेष अभियान’ को सुरुवात कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले राप्रपा सांसद बस्नेतलाई जस्तै गरी पूर्वगृहमन्त्री लामिछानेविरुद्ध पनि मुद्दा चल्ने बताएका हुन् ।

‘सांसद गीता बस्नेत अहिले अभियोजन हुनु भएको छ । सांसद बस्नेतलाई यही दफा १२२ लागेको हो । उहाँ सहकारीको सदस्य पनि होइन,’ महामन्त्री थापाले भने, ‘उहाँलाई के लागेको हो ? १२२ । किन लागेको हो ? १२२ भन्दा सदस्य नभए पनि सहकारीबाट पैसा लिएर गएको । त्यसैले यसलाई सहकारी ठगी भनिन्छ ।’

थापाले संसदीय छानबिन समितिको प्रतिवेदनमा लामिछानेबारे विस्तृतमा नलेख्नुको कारण पार्टीका तर्फबाट समिति सदस्य रहेका सांसदद्वय दिलेन्द्रप्रसाद बडू र ईश्वरी न्यौपानेसँग सोधिएको पनि बताए ।

‘माननीय दिलेन्द्र बडू र ईश्वरी न्यौपानेलाई सोधेँ, तपाईंहरूले सबै कानूनको नाम किन नलेखको ?,’ महामन्त्री थापाले भने, ‘उहाँहरूले भन्नुभयो–एउटा भए पो लेख्नु । ठगी पनि छ, किर्ते पनि छ, सहकारी पनि छ, फौजदारी पनि छ । यति धेरै भएकाले हामीले प्रचलित कानून लेखेका हौँ ।’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ०१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने