नेकपा नेत्री शाक्यसमक्ष शपथ ग्रहण | Khabarhub Khabarhub

नेकपा नेत्री शाक्यसमक्ष शपथ ग्रहण


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा प्रदेश नं ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले मकवानपुरका दशवटै स्थानीय तहका अध्यक्ष तथा सचिवलाई शपथ ग्रहण गराएकी छन् ।

नेकपाको पार्टी कार्यालय हेटौँडामा सोमबार आयोजित कार्यक्रममा उनले जिल्लाका सबै स्थानीय तहका अध्यक्ष तथा सचिवहरुलाई शपथ ग्रहण गराएकी हुन् । नेकपा मकवानपुरले आइतबार मात्रै जिल्लाका दशवटै स्थानीय तहको अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो ।

सो अवसरमा इन्चार्ज श्रेष्ठले पार्टीको एकता प्रक्रियाका कारण स्थानीय तह र वडा कमिटीहरु नहुँदा पार्टीको गतिविधिमा प्रभाव परेकोमा अब पार्टीको कामले गति लिने विश्वास व्यक्त गरिन् ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका जिल्ला सह–इन्चार्ज कुमारी मोक्तान र रामेश्वर राना तथा सचिव प्रेमबहादुर पुलामी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : ०० बजे

गर्मी बढेपछि वीरगञ्जका विद्यालय बिहान सञ्चालन

वीरगञ्ज- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर– जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी