अभद्र व्यवहारसम्बन्धी मुद्दा लागेका वडाध्यक्षले गरे आत्मसमर्पण « Khabarhub

अभद्र व्यवहारसम्बन्धी मुद्दा लागेका वडाध्यक्षले गरे आत्मसमर्पण


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

भण्डारीविरुद्ध सोही वडाकी एक युवतीले फोनमार्फत यौनजन्य आशयका कुरा गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि भण्डारीले सोमबार प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले भण्डारीलाई सोमबार दिउँसो कार्यालय समयसम्म उपस्थित नभए पक्राउ गर्ने सन्देश पठाएपछि भण्डारीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

प्रहरी उपरीक्षक सिलवालका अनुसार भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ०९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी