इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ « Khabarhub

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले इमान्दारिताका साथ काम गरेमात्रै संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज ख्वपः कलेज, ख्वपः माविले यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक अन्तरक्रियामा उहाँले नेताहरुले संविधान कार्यान्वयनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए ।

“नेताहरुले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि काम गर्नसके संविधानको मर्म जनताले बुझ्छन्”, बिजुक्छेँले भने । उनले संविधान कार्यान्वयनमा जातजाति, भाषाभाषी एवं भूगोलअनुसार स्थानीय निकायलाई अधिकार दिनुपर्नेमा जोड दिए ।

उनले व्यक्तित्व विकासमा समान अवसर र योग्यताअनुसारको काम एवं कामअनुसारको ज्यालाको विषय समेट्न सके मात्रै समाजवादोन्मुख समाजको निर्माण हुने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १० : ४८ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि