ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो | Khabarhub Khabarhub

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न काम गरिरहेका छन् ।

“हिजो राति स्थानीय समयानुसार करिब १ः४५ बजे एउटा जहाज नानोर्तालिक नजिकको चट्टानमा ठोक्कियो र पानीमा डुब्न थाल्यो”, ग्रीनल्यान्डिक प्रहरीले विज्ञप्तिमा भनेको छ । जहाज बिहान ७ः०० बजे डुबेको थियो ।

तीस मिटर लामो जहाजको ट्याङ्कमा एक हजार लिटर इन्जिन तेलबाहेक करिब १५ हजारदेखि २० हजार लिटर डिजेल रहेको अधिकारीहरूले विश्वास गरेका छन् । जहाजको नाम र प्रकार खुलाइएको छैन ।

अधिकारीहरूले यो चरणमा कुनै प्रदूषणको स्तर निर्धारण गर्न असम्भव रहेको बताए पनि इन्धन फैलावटलाई नियन्त्रणमा राख्नका लागि पम्प प्रयोग गरिरहेका छन् र साइटको चारैतिर ५० मिटरको परिधिमा तैरिने बुम राखेका छन् ।

जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ । यद्यपि तिनीहरूको सङ्ख्या वा राष्ट्रियताबारे कुनै विवरण प्रदान गरिएको छैन ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १० : ५६ बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा