भारतको तिरुपति मन्दिरको प्रसादमा माछाको तेल, गाई र सुँगुरको बोसो « Khabarhub

भारतको तिरुपति मन्दिरको प्रसादमा माछाको तेल, गाई र सुँगुरको बोसो


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति मन्दिरको भेटीमा जनावरको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ ।

प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद बनाउने लड्डुका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको कुराले चर्चा पाएको छ ।

प्रसादको नमूना परीक्षण गर्दा ती लड्डुमा माछाको तेल र गाईको मासुको बोसो प्रयोग भएको पाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको यसबारेमा पूर्वमुख्यमन्त्री जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् ।

नायडूले तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाउने कसैले कल्पना पनि गर्न नसक्ने बताउँदै विगत पाँच वर्षमा तिरुमालाको पवित्रता हनन गरिएको जिकिर गरेका छन् ।

‘तिरुमाला लड्डुको घिउमा जनावरको बोसो प्रयोग भएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन्’, उनले भनेका छन् ।

यस विवादबीच राज्यका उपमुख्यमन्त्री पवन कल्याणले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘तिरुपति बालाजी प्रसादमा जनावरको बोसो (माछाको तेल, सुँगुरको बोसो र गाईको मासुको बोसो) मिसिएको कुराले हामी सबै निकै चिन्तित छौँ । तत्कालीन सरकारले गठन गरेको टिटीडी बोर्डले धेरै प्रश्नहरूको जवाफ दिनु पर्नेछ । हाम्रो सरकार सक्दो कडा कदम चाल्न प्रतिबद्ध छ । तथापि, यो मामिलाले मन्दिरको अपवित्रता, भूमि मुद्दा र अन्य धार्मिक अभ्यासहरू सम्बन्धी धेरै मुद्दाहरूलाई उजगार गरेको छ । सनातन धर्मको अपमान रोक्न एकजुट हुनुपर्छ ।’

अभिनेता एवम् नेता पवन कल्याणले पनि यसबारेमा आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

‘अब भारतभरका मन्दिरहरूसँग सम्बन्धित सबै मुद्दालाई विचार गर्ने समय आएको छ। राष्ट्रियस्तरमा सनातन धर्म रक्षा बोर्ड गठन गर्नुपर्छ । यस विषयमा राष्ट्रियस्तरमा सबै नीति निर्माता, धर्म प्रमुख, न्यायपालिका, नागरिक, सञ्चारमाध्यम र आ–आफ्नो क्षेत्रका सबैले बहस गर्नुपर्छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १ : २६ बजे

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी