पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा « Khabarhub

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् ।

आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’

विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १ : ४७ बजे

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट