पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा « Khabarhub

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् ।

आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’

विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १ : ४७ बजे

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको

यूक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका विमानस्थलहरू प्रभावित

मस्को – रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको

‘वनफूलको विद्रोह’ कविता कृति विमोचन

काठमाडौं – सभ्यता अन्वेषण केन्द्रले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच