रोशनीको बयान- सुप्रिम सहकारीको चेकबाट रवि लामिछानेको नाममा दुई करोड जम्मा गरेँ « Khabarhub

रोशनीको बयान- सुप्रिम सहकारीको चेकबाट रवि लामिछानेको नाममा दुई करोड जम्मा गरेँ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले रवि लामिछनेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको बयान दिएकी छन् ।

सहकारीका व्यवस्थापक सागर केसीको निर्देशनअनुसार आफूले उक्त रकम रविको खातामा जम्मा गरिदिएको बताएकी हुन् ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा समेटिएको बयानमा उक्त कुरा उल्लेख गरिएको छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनीले आफूले नै रवि नाममा सहकारीमा खाता खोलिदिएको बयान दिएकी हुन् ।

‘मलाई व्यवस्थापकले रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, निर्देशनअनुसार खाता खोलेको थिएँ । उक्त खतावाला को थिए मलाई थाहा भएन’, उनले भनेकी छन्, ‘यस विषयमा समाचारमा रोशनी गुरुङले पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरूले लिङ्क पठाउन थालेपछि के भएको भन्ने मलाई लाग्यो । संस्थामा व्यवस्थापक सागर केसीले भने अनुसार सबै काम गर्थ्यौँ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ४० बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय