अर्थसंक्षेप : रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भित्रियो सहकारीको १७ करोड, दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै | Khabarhub Khabarhub

अर्थसंक्षेप : रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भित्रियो सहकारीको १७ करोड, दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी विशेष छानबिन समितिले गितेन्द्रबाबु, जीबी राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको रिपोर्टहरू सार्वजनिक भएको दाबी छ ।

हेर्नुहोस् आजका प्रमुख आर्थिक समाचारहरू :

जीबी राई नेटवर्किङ व्यवसायबाट सहकारी ठगीमा 

जीबी राई नेटवर्किङ व्यवसायबाट सहकारी ठगीमा सहकारी विशेष छानबिन समितिले ११ सय २४ पेजको प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा समितिले परिच्छेद ११ मा नेटवर्किङ व्यवसायसँग सहकारी ठगी जोडिएको उल्लेख छ।

गितेन्द्रबाबु, जीबी राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको रिपोर्टहरू सार्वजनिक भएको समितिको दाबी छ ।

राई कुनै समय सबभन्दा ठुलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगाएपछि देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याएको समितिको ठहर छ ।

रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भित्रियो सहकारीको १७ करोड 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीहरूबाट गोर्खा मिडिया नेट्वर्कले टेलिभिजन चलाउन ल्याएको रकमबारे आफूलाई थाहा नभएको बयान दिएका छन् ।

रविले गोर्खा मिडिया नेट्वर्कको प्रबन्ध निर्देशक हुँदै ग्यालेक्सी टेलिभिजनमा जोडिँदा आफूले मासिक ५ लाख रुपैयाँ पारिश्रमिक लिएको पनि खुलाएका छन् । ग्यालेक्सीमा आवद्ध हुँदा आफूले अग्रिम ७५ लाख रुपैयाँ लिएको पनि बताएका छन् ।

रविले सहकारीको पैसा गोर्खा मिडियामा ल्याउने काममा आफ्नो संलग्नता पनि अस्वीकार गरेका छन् । उनले आफू कुनै पनि सहकारीको शेयर सदस्य नरहेको बताउँदै ग्यालेक्सी टेलिभिजन छोड्दा एक पैसो नलिएको उल्लेख गरेका छन् ।

दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै

दशैंमा मासुको माग पूर्ति गर्न काठमाडौं उपत्यकामा झन्डै ४५ हजार खसीबोका भित्र्याइने भएको छ । निजी व्यवसायी र सरकारी संस्थानले काठमाडौंमा करिब आधा लाख सङ्ख्यामा खसीबोका भित्र्याउन लागेका हुन् ।

व्यवसायीहरू खसीबोका खरिद गर्न यतिबेला गाउँ–गाउँ पुगेका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि दशैंका लागि लक्षित गरी १५ सय खसीबोका र ३०० च्याङ्ग्रा खरिद गरी उपभोक्तालाई सहुलियतपूर्ण मूल्यमा बिक्री गर्ने जनाएको छ ।

१० वर्षमा २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० जना फरार

पछिल्लो १० वर्षमा सहकारी ठगी र रकम हिनामिना गरेको विषयलाई लिएर सयौं सहकारीहरुविरुद्ध उजुरी परेको छ ।

पछिल्लो १० वर्षमा देशैभरी २५८ वटा सहकारीहरूविरुद्ध उजुरी परेको नेपाल प्रहरीको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार; प्रहरीले उजुरी परेकामध्ये अहिलेसम्म ६६९ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारीका १५ सय ४० सञ्चालक फरार छन् ।

कोशीमा ३४, मधेशमा २७, बागमतीमा १८, गण्डकीमा २०, लुम्बिनीमा १८, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा ८ वटा सहकारीबारे प्रहरीमा  मुद्दा दर्ता भएका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाका १०७ वटा सहकारीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

पदमार्गमा पर्यटकको चहलपहल

बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदमार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् ।

धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुई–चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० जना आउन थालेका छन् ।

पर्यटक आगमनसँगै पदमार्ग क्षेत्रका होटल व्यवसायी पनि व्यस्त भएका छन् । सन् २०२४ को जनवरीदेखि हालसम्म उक्त पदमार्गमा १२ हजार तीन सय ५५ जना पर्यटक आएका प्रमुख गुरुङले बताए ।

तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती

ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो ।

गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५० स्ट्रबेरीका बिरुवा रोपिएका छन् । परीक्षणका रूपमा खेती गरिएको हो ।

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुन्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो ।

नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने गरी संकलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताए। उनका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो ।

छविको बयान– प्रहरीमै हुँदा जीबी र दीपेशसँग चिनजान भएर पार्टनर बन्यौँ

पूर्व डीआइजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीले आफू जिल्ला प्रहरी परिसर काठमाडौंमा रहँदा दीपेश पुन र जीबी राईसँग चिनजान भएको बताएका छन् ।

उनले त्यसपछि राईसँग निरन्तर सम्पर्क रहँदा २०७५ सालबाट सेवावृत्त भएपछि पार्टनरसिपमा काम गरेको खुलाएका छन् ।

पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन । जोशीले ८ नम्बर सवालमा जवाफ दिने क्रममा यस्तो खुलाएका हुन् ।

सुनको मूल्य एक हजार पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा  एक हजार पाँच सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा ३५ ले वृद्धि भएको छ ।

पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल

पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुनेभएको छ ।

बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको राजधानीमा आयोजित घोषणा सभामा जानकारी दिइयो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ ।

राहुघाट हाइड्रोको निर्माण प्रगति ८० प्रतिशत

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट उत्पादन क्षमता रहने राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति ८० प्रतिशत छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ३७ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय