सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ « Khabarhub

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि खोस्ने खेल भैरहेको बताएका छन् । 

शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा प्रशिक्षण तथा कार्यक्रम शुभकामना कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष डा.राउतले संविधान संशोधनको मुद्दा देखाएर संविधानमा भएका अधिकारहरू पनि कटौती गर्ने कांग्रेस-एमलेले रणनीति रहेको आरोप लगाए । 

उनले संविधानमा दिएको अधिकार पनि खोस्ने प्रयास  भैरहेको बताउँदै थप अधिकार सम्पन्न हुनेगरि संविधान संसोधन गर्नुपर्नेमा जोड दिए ।

देशमा अलग अलग विचारका दुई ठूला पार्टी मिलेर बनेको सरकारले अनिष्ट र विनाशको सङ्केत दिएको अध्यक्ष डा. राउतले दाबी गरे । उनले नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गरेर समानुपातिक समावेशी प्रणाली खारेज गर्न लागि परेको बताए । 

उनले भने, ‘अमेरिकामा दुई पार्टी छन्, दुई पार्टी कहिल्यै मिलेर सरकार बनाउँदैनन् । एउटा आकाश र एउटा पाताल जस्तै हुन् । भारतमा विजेपी–काँग्रेस मिले के हुन्छ रु नेपालमा कांग्रेस र एमाले कसरी मिले रु आकाश–पाताल मिलेका छन् । यो अनिष्ट र विनाशको संकेत हो । संविधान संशोधनको लागि मिलेको भन्छन् ।’

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ५१ बजे

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले