उपनिर्वाचनमा सक्रिय हुन नेता–कार्यकर्तालाई निधिको आह्वान « Khabarhub

उपनिर्वाचनमा सक्रिय हुन नेता–कार्यकर्तालाई निधिको आह्वान


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले स्थानीय तहका रिक्त स्थानमा आगामी मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।

कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको बैठक एवं समसामयिक विषयमा आयोजित छलफल कार्यक्रम सम्बोधन गर्दै उनले निर्वाचनमा सक्रिय ढंगबाट जुट्न नेता–कार्यकर्तालाई आह्वान गरेका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका निधिले सहकारी संस्थाहरूमा भएको अनियमितता छानबिन  गर्न गठित संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई दोषी ठहर्‍याएको भन्दै सरकारले आवश्यक कारबाही अघि बढाउने बताए । 

दोषी ठहर गरिएका लामिछानेलाई ‘क्लिन चिट’ दिएको भनेर रास्वपाका कतिपय नेताहरूका भनाइमाथि प्रश्न उठाउँदै उनले भने, ‘के क्लिन चिटको परिभाषा बदलिएको हो ?’ सहकारीको रकम अनियमितताका सम्बन्धमा चेक काट्नेलाई हतकडी लगाउन नहुने भन्ने रास्वपाका नेताहरूको भनाइको जवाफ दिँदै नेता निधिले भने, ‘त्यसो भए के घाँस काट्नेलाई हतकडी लगाउने त ?’

कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति कृष्णसबुज बाँनियाले स्थानीय तहमा हुन गइरहेको उपनिर्वाचनको तयारीमा आफूहरू लागि सकेको भन्दै काङ्ग्रेसका पक्षमा माहोल सिर्जना गर्न आग्रह गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ३९ बजे

ठूल दल बन्न वैकल्पिक शक्ति र नेता फकाउँदै रास्वपा

काठमाडौं–गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका

मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले गत

एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडाैं- नेकपा (एमाले) को मंसिर २७ देखि हुने एघारौँ महाधिवेशनका

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभा धनगढीमा सुरु (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देशसभा धनगढीमा सुरु भएको

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए राखेपका सदस्य सचिव घिसिङ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा