‘संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने’ « Khabarhub

‘संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने’


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राखेका छन् । 

भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कजेलको १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘मानव अधिकार, सुशासन र समृद्धि’ विषयक कार्यक्रममा संविधानका जानकारसमेत रहेका आचार्यले सबै वर्ग, समुदाय, जाती, भाषा, पेसाका नागरिकको साझा समस्या समाधान गर्नका लागि संविधान संशोधनको बहस चलाउनु आवश्यक हुने बताए । 

पूर्वमन्त्री आचार्यले भने, ‘देशको मूल कानुन संविधानबारे सबै तह र निकायलाई बुझाउने र प्रष्ट पार्नु पर्न आवश्यकता छ, त्यसपछि समयसापेक्ष बनाउन संशोधनमा जाँदा प्रभावकारी हुन्छ ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले मुलुकको कमजोर अर्थतन्त्रको सुधार गर्दै सुखी नेपालीः समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई परिणाममुखी तुल्याउन भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको विषयमा सरोकार भएका निकाय तथा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्नेमा जोड दिए।

बागमती प्रदेशसभाका सांसद दीपेन्द्र श्रेष्ठले लोकतन्त्र प्राप्त भएपछि मुलुकले आर्थिक र समृद्धिका क्षेत्रमा विकास हुनुपर्नेमा राजनीतिक अस्थिरता, भ्रष्टाचारलगायतका कारणले सोचेअनुसार उपलब्धि हासिल हुन नसकेको विचार राखे।

अर्थशास्त्री डा रेवतबहादुर कार्कीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले वित्तीय अनुशासन कायम गरी त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए।

वरिष्ठ पत्रकार बविता बस्नेतले विद्यालय शिक्षा पूरा गर्नासाथ बालबालिका रोजगारी र उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्तिले हाम्रा विश्वविद्यालयका कक्षाकोठा खाली हुँदै गएका भन्दै सरोकार भएका पक्षले विद्यमान नीति र व्यवहारमा सुधार गर्नुपर्ने खाँचो औँल्याइन्।

संविधानका जानकार काशीराज दाहालले राजनीति र प्रशासनिक क्षेत्र आर्थिक अनुशासनभित्र नबाँधिएकाले भ्रष्टाचार बढ्न गई सुशासन प्रवर्द्धन हुन नसकेको धारणा व्यक्त दिए। 

सो अवसरमा साहित्यकार रमेशमोहन भट्टराईलाई ‘ज्येष्ठ नागरिक सम्मान’का साथै विभिन्न विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने १० जना छात्रालाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १ : ३६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको