कानूनसहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

कानूनसहित तीनवटा समितिको बैठक बस्दै


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ३७ बजे

कांग्रेस इतर समूहको बैठक चुनदेवीमा बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन

हेटौँडा- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद्

तीजको कोसेली : कर्णालीको स्याउ

राँझा (बाँके)- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा