अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता « Khabarhub

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ ।

अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् ।

उनले वैशाखयता मात्र जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताए ।

‘नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ तर कार्यालयसम्म आउन नसक्ने अपाङ्गता भएकाहरूलाई भने जनप्रतिनिधिमार्फत अपाङ्गता पहिचान गरी वडाले नै सबै कागजात बनाइसकेपछि घरमै नागरिकता प्रदान गर्ने गरिएको छ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन् ।

अपाङ्गता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लैजान नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै पुगेर नागरिकता दिँदा निकै खुसी लागेको मेन्छ्यायेम–४ का भवानीप्रसाद लिम्बूले बताए ।

स्थानीय मन्दिरा खतिवडाले पनि मेरुदण्डमा समस्या भएकी छोरीलाई घरमै आएर नागरिकता प्रदान गर्दा सहज भएको बताइन् ।

शुक्रबार पनि मेन्छ्यायेम गाउँपालिकाका बौद्धिक अपाङ्गता भएकी वडा नं ६ की बालकुमारी थापा र वर्षा नेपाली, शारीरिक अपाङ्गता भएकी वडा नम्बर ५ की प्रमिला खतिवडा, वडा नम्बर ४ का विमल लिम्बू र सञ्सिता लिम्बूलाई घरमै गएर जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको थियो ।

यस्तै पालिकामा शनिबार पनि पाँचजना अपाङ्गता भएकाहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ११ : ०५ बजे

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा