भारतको बेंगलुरुमा नेपाली युवतीको हत्या, फ्रीजमा भेटिए शरीरका ३० टुक्रा | Khabarhub Khabarhub

भारतको बेंगलुरुमा नेपाली युवतीको हत्या, फ्रीजमा भेटिए शरीरका ३० टुक्रा


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या भएको छ ।

बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेर अवस्थामा फ्रीजभित्र भेटिएको छ।

हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् ।

द इकोनोमिक टाइम्सका अनुसार उक्त फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए ।

घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५ लिटरको फ्रीजबाट दुर्गन्धसँगै किरा पनि निस्किएको भेटियो । जब उनीहरूले फ्रीज खोले, त्यहाँको दृश्य देखेपछि दुवैजना ढले ।

फ्रीजको दुर्गन्धले बस्न नसेकपछि घरधनीसहित बाहिर निस्किएका थिए । उनीहरूले तत्कालै प्रहरीलाई झिकाए । त्यसपछि प्रहरीले महिलाका शवका टुक्रा उठाएर पोस्टमार्टमका लागि अस्पताल पठायो ।

प्रहरीका अनुसार बेंगलुरुकै एकवटा सपिङ मलमा काम गर्दै आएकी थिइन् । त्यहाँस्थित व्यालिकभलको पाइपलाइन रोडस्थित भवनको पहिलो तलमा उनको कोठा थियो ।

पाँच महिनादेखि बस्दै आएकी महालक्ष्मीसँग दाजु पनि बस्थे । महालक्ष्मी डिभोर्सी हुन् । उनका पति छोराछोरीसँग भारतमै बस्छन् ।

प्रहरीका अनुसार उनको हत्या सेप्टेम्बर १२ मा भएको हो । पश्चिमाञ्चल डिभिजनका एसपी सतीश कुमारले सेप्टेम्बर १२ मा उनको हत्या भएको बताएका छन् ।

महालक्ष्मीको मोबाइल सेप्टेम्बर १२ देखि बन्द थियो । महालक्ष्मीको परिचितबाटै हत्या भएको आशंका प्रहरीले गरेको छ । घरका कुनै सामन नहराएकाले चोरीको उद्धेश्यबाट भन्दा परिचितबाटै उनको हत्या भएको एसपी सतीशकुमारले बताएका छन् ।

प्रत्यक्षदर्शी र छिमेकीले महालक्ष्मीलाई हरेक बिहान एकजना मानिसले लगेर बेलुका ल्याइदिने गरेको बताएका छन् । एकजना डेलिभरी ब्वाईले उनलाई प्रेम प्रस्ताव गरेको बताइए पनि पुष्टि भएको छैन । अर्को युवकसँग प्रेममा रहेकाले परिवारले पनि महालक्ष्मीलाई त्यागेको बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ३ : ४५ बजे

विश्वकप लिग–२ : क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग–२ मा क्यानडाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन

आजका समाचार : पक्राउ परे दुर्गा प्रसाईं, रविविरुद्ध पुर्जी, श्रीलंकामा कम्युनिस्ट नेताले जिते

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ? संयुक्त

रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्म

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी