भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस् « Khabarhub

भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस्


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरी भक्तपुरको ठिमीस्थित उनको निवासबाटै आइतबार पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले भक्तपुर प्रहरी परिसरको सहयोगमा प्रसाईंलाई बलपूर्वक नियन्त्रणमा लिएको हो ।

पक्राउ गर्न पुगेको प्रहरीलाई अवरोध गरियो । घरभित्र बसेका उनले सुरक्षा गार्डलाई लगाएर प्रहरीलाई अवरोध गरेका थिए ।

त्यसपछि भर्‍याङ लगाएर घरभित्र पसेको प्रहरीले पक्राउ गरेपछि प्रसाईंले आक्रोश पोखे ।

उनले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमालको दबाबमा पक्राउ गरिएको बताइरहेका छन् ।

‘केपी ओलीसँग त म नि एक थोपो रगत हुन्जेलसम्म लड्छु, लडिरहन्छु’, उनले घरबाट निस्किँदै भने ।

घर परिसरमा जम्मा भएका युट्युबरतर्फ हेर्दै उनले थप बोल्न खोजेपछि प्रहरीले समातेर भ्यानतिर लगेको थियो ।

त्यसक्रममा उनले आफूलाई भ्रष्टाचारी पक्रे जस्तो व्यवहार नगर्न भन्दै प्रहरीसँग आक्रोश पोखे । ‘पक्रे जस्तो नगर्नुस् न, म आफैं चढिहाल्छु नि !, मैले त भ्रष्टाचार गरेको होइन नि ! मलाई भ्रष्टाचारीलाई पक्रेको जस्तो व्यवहार नगर्नुस् ।’

त्यहीँबाट एकजना समर्थकले उनलाई समर्थन गर्दै प्रहरीतर्फ व्यंग्य गरे । ‘भ्रष्टाचारीलाई त उहाँहरूले त केही गर्न सक्नु हुन्न’, यति भनिसकेपछि प्रहरीले प्रसाईंला पक्राउ गरेर साइबर ब्यूरोतिर हिँडाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : ५१ बजे

कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

पर्यटन पूर्वाधारमा लगानी बढाउन माग

पाँचथर– पाँचथरमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउन सरोकारवालाले माग

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : अन्तरिम सरकार गठन र संसद् विघटन तत्कालीन अवस्थाको बाध्यकारी कदम

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वमा गत भदौ २७

सात वटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा

प्रचण्डले भने- माधवजी र मैले मिलेर संविधान जोगायौँ, केपीले संसद् पुनः स्थापनको कुरा गर्न सुहाउँदैन

धनगढी – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा