अर्थसंक्षेप : मध्यभोटेकोशीबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली, दुई महिनामै साढे ९४ अर्ब सरकारी ऋण बढ्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : मध्यभोटेकोशीबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली, दुई महिनामै साढे ९४ अर्ब सरकारी ऋण बढ्यो


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै,आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमेले अबको एक महिनाभित्रै नवनिर्मित आयोजनाबाट विद्युत उत्पादन हुने जानकारी दिएको हो । विद्युत् उत्पादन गर्नेगरी हाल आयोजना निर्माणको अन्तिम चरणका काम भइरहेका छन् ।

बाह्रबिसे नगरपालिका–५ स्थिति विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने प्राधिकरणले जनाएको छ ।

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत बोनस दिने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए ।

सीईओ दुलालका अनुसार लघुवित्तले आफ्नो चुक्त्ता पुँजीको ९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र ४८ लाख १२ हजार रुपैयाँ बराबरको ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृतिसँगै आगामी  साधारणसभाले पास गरेपछि वितरण हुनेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ बराबरको छ ।

सुदूरपश्चिमको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए ।

छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाए पनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको छ ।

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम  ९१ प्रतिशत सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका इ सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ । सडक सुरक्षाको काम बाँकी रहेको छ । उनका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ ।

चाडपर्वका लागि असोज १२ देखि बसको टिकट अग्रिम बुकिङ खुल्ने

आसन्न दसैँ–तिहारका लागि असोज १२ गतेदेखि बसको टिकटको अग्रिम बुकिङ खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुलाउले निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागबारे सात बुँदे निर्णय गरेको छ ।
बैठकले सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न निर्देशन पनि दिएको छ । बीपी राजमार्ग सुरक्षाका लागि साना सवारी मात्रै सञ्चालन गर्न र रात्रि गाडी रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

कोशी प्रदेशसभाबाट बजेट पारित

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो ।

त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेशसभाले यस पटक समयमै बजेट पारित गरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्त्वपूर्ण सफलता हासिल गरेको बताउँदै सभालाई मर्यादित रूपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

आइएमएफले नेपालको अर्थतन्त्र सुध्रिएको भन्यो : अर्थ मन्त्रालय

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको जनाएको अर्थ मन्त्रालयले दाबी गरेको छ । आइएमएफका एसिया प्रशान्त क्षेत्रीय उपनिर्देशक रूपा दत्त गुप्ताले भेटघाट क्रममा नेपालको अर्थतन्त्र सुध्रिँदै गएको बताएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार सो भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएका हुन् । उनले नेपालमा लगानी सहजीकरण सम्बन्धी कानूनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी  विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरे।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका विज्ञप्तिमा उल्लेख छ ।

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा 

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा  टेक बहादुर बोहरा नियुक्त भएका छन् ।

शनिबार ३५० औँ सञ्चालक समितिको बैंकले अध्यक्ष पदमा बोहरालाई नियुक्त गरेको हो ।

लघुवित्तका सचिव तुलसी राम पाठकका अनुसार संस्थापक शेयर धनी  बोहरालाई शनिबार ११ बजे सञ्चालक समितिको ३४९ औँ बैंकले सञ्चालक समितिमा नियुक्त गरेको थियो ।

११ अंकले बढ्यो नेप्से, ५ अर्ब ९ करोडको शेयर किनबेच

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ अंकले बढेको छ । नेप्से ११.५८ अंकले बढ्दा कारोबार भने ३ हजार विन्दु पुगेपछि सबैभन्दा कम भएको छ । आज नेप्से ०.४४ प्रतिशतले बढेर २५८८.३५ विन्दु पुग्यो आज दिनभरमा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै ३ हजार विन्दु पुगेपछिको सबैभन्दा कम कारोबार हो ।

आइतबार प्रि–ओपन सेसनमा साढे २४ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै उच्च अंकको वृद्धि भएको थियो ।

बजार खुलेको ५ मिनेट भित्र नै नेप्से उच्चतम २६४३ विन्दुमा पुगेको थियो । तर उच्च विन्दु केही बेर टिक्न सकेन । बजार खुलेको १२ मिनेटमै बजार तल झरेको थियो । त्यसपछि बजार निरन्तर ओरालो लागेर न्यूनतम २५७० विन्दु सम्म आएको थियो ।

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ बराबर पुगेको छ ।

हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो । चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : २९ बजे

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको

कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले

क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी

चीन गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा नेपाल फर्किँदै

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का