रविलाई पक्राउ पुर्जीपछि रास्वापा कार्यालयमा कार्यकर्ताको भिड « Khabarhub

रविलाई पक्राउ पुर्जीपछि रास्वापा कार्यालयमा कार्यकर्ताको भिड


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।

रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटाइएको सूचना सुनेपछि पार्टी कार्यालयमा कार्यकर्ता भेला हुन थालेका हुन् । अहिले रास्वपा कार्यालयमा च:मतीमा कार्यकर्ता जम्मा हुने क्रम बढेको छ ।

रास्वपाले कार्यकर्ता उपस्थित हुन आग्रह गरेपछि उनीहरू पुगेका हुन् । ‘हाल पार्टी कार्यलय च:मतीमा पार्टीका केन्द्रीय सदस्य, सचिवालयका सदस्य र रविका निजी वकिल पनि पुगिसकेका छन्’, एक कार्यकर्ताले भने ।

जरुरी पक्राउ पुर्जी जारी भइसकेपछि नेपाल प्रहरीले एउटा उच्चस्तरीय टोली लामिछानेलाई पक्रन परिचालन गरिसकेको स्रोतले जनाएको छ ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

गोर्खा मिडिया नेट्वर्कका अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : १४ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा