नेपालले बंगलादेशको सामना गर्दै, उपाधी भिडन्तका लागि जित्नै पर्ने दबाब « Khabarhub

नेपालले बंगलादेशको सामना गर्दै, उपाधी भिडन्तका लागि जित्नै पर्ने दबाब


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचौं चरणको १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसीपमा नेपाल र बंगलादेशबीचको खेल आज हुँदैछ । भारतको कल्याणीमा जारी प्रतियोगिता अन्तर्गत नेपालको यो तेस्रो खेल हो ।

खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । आजको खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्ने दबाब छ । आजको खेल जिते मात्र नेपाल शीर्ष दुईमा पर्दै फाइनलमा स्थान बनाउने छ । उपाधी दाबेदार मानिएको नेपालका लागि यो ठूलो चुनौती हो ।

नेपाल तालिकाको तेस्रो स्थानमा छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारतको पनि ६ अंक छ । नेपाल पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको थियो ।

नेपालले बंगलादेशपछि न्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : ५९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी