क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ « Khabarhub

क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ ।

किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालको सुरुवाती ब्याटिङ आज पनि चलेन । १९ ओभरको खेल सकिँदा नेपालले पाँच विकेटको क्षतिमा ५९ रन मात्र बनाएको छ ।

नेपालले आजको खेलमा पनि दुवै ओपनर सस्तैमा गुमायो । आज ओपनिङमा आएका अर्जुन साउद २७ बलको सामना गर्दै १० रनमा आउट भए । त्यस्तै आसिफ शेखले २ रन बनाउँदा भीम सार्की ४ रनमा आउट भए ।

त्यस्तै आज पनि नेपाली कप्तानको ब्याटिङ चल्न सकेन । ११ बलको सामना गरेका कप्तान रोहित पौडेलले मात्र ४ रन बनाउन सके । रोहित ११ औं ओभरको दोस्रो बलमा रन आउट भए । अनिल शाह एक रनमा आउट भए ।

लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस खेलमा खेल्ने प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १० : २९ बजे

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन– चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो

गाँठो पार्ने हात, सास्ती भोग्ने दाँत

एउटा धनी मानिस अस्पतालको बेडमा थियो । उपचारका सबै प्रयास

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ – हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत