क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ « Khabarhub

क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ ।

किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालको सुरुवाती ब्याटिङ आज पनि चलेन । १९ ओभरको खेल सकिँदा नेपालले पाँच विकेटको क्षतिमा ५९ रन मात्र बनाएको छ ।

नेपालले आजको खेलमा पनि दुवै ओपनर सस्तैमा गुमायो । आज ओपनिङमा आएका अर्जुन साउद २७ बलको सामना गर्दै १० रनमा आउट भए । त्यस्तै आसिफ शेखले २ रन बनाउँदा भीम सार्की ४ रनमा आउट भए ।

त्यस्तै आज पनि नेपाली कप्तानको ब्याटिङ चल्न सकेन । ११ बलको सामना गरेका कप्तान रोहित पौडेलले मात्र ४ रन बनाउन सके । रोहित ११ औं ओभरको दोस्रो बलमा रन आउट भए । अनिल शाह एक रनमा आउट भए ।

लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस खेलमा खेल्ने प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १० : २९ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।