आज साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै  | Khabarhub Khabarhub

आज साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै 


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातौँ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्ष यस दिवसको नारा ‘साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौँ’ भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको सन् २०१७ डिसेम्बर १९ को ७२औँ महासभाले हरेक वर्ष सेप्टेम्बर २३ तारिखलाई श्रवण शक्ति नभएका नागरिकहरूको सञ्चारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेसँगै संसारभर साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ मनाउने गरिएको हो ।

श्रवण शक्ति नभएकाहरु (बहिराहरु) को पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्ममा झण्डै सात हजार सङ्केत विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल ‘एप्लिकेशन’ विकास गरिएको छ ।

यसैबीच, राष्ट्रिय बहिरा महासङ्घ नेपालले अपाङ्गतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ ।

महासङ्घले साङ्केतिक भाषा दिवसको पूर्वसन्ध्यामा आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको कार्यान्वयनको माग गरेको हो ।

‘शिक्षा लगायतका ऐन कानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकका हक अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी बहिरा समुदायको मूल प्रवाहिकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चार जगत, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासङ्घ आव्हान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

बहिरा नागरिकका हकअधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै विभेदपूर्ण रहेको महासङ्घको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०१ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही