आज साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै  « Khabarhub

आज साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै 


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातौँ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्ष यस दिवसको नारा ‘साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौँ’ भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको सन् २०१७ डिसेम्बर १९ को ७२औँ महासभाले हरेक वर्ष सेप्टेम्बर २३ तारिखलाई श्रवण शक्ति नभएका नागरिकहरूको सञ्चारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेसँगै संसारभर साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ मनाउने गरिएको हो ।

श्रवण शक्ति नभएकाहरु (बहिराहरु) को पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्ममा झण्डै सात हजार सङ्केत विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल ‘एप्लिकेशन’ विकास गरिएको छ ।

यसैबीच, राष्ट्रिय बहिरा महासङ्घ नेपालले अपाङ्गतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ ।

महासङ्घले साङ्केतिक भाषा दिवसको पूर्वसन्ध्यामा आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको कार्यान्वयनको माग गरेको हो ।

‘शिक्षा लगायतका ऐन कानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकका हक अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी बहिरा समुदायको मूल प्रवाहिकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चार जगत, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासङ्घ आव्हान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

बहिरा नागरिकका हकअधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै विभेदपूर्ण रहेको महासङ्घको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०१ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका